अर्थतन्त्रमा सफलताः डुइङ बिजनेश’ मा उल्लेख्य सुधार

अर्थतन्त्रमा सफलताः डुइङ बिजनेश’ मा उल्लेख्य सुधार

काठमाण्डौ | ब्यापार व्यवसाय गर्ने वातावरणलाई लिएर विश्व बैंकले तयार पार्ने डुइङ बिजनेश रिपोर्टमा नेपालले उल्लेख्य सुधार गरेको छ ।

गएको वर्ष ११० औँ स्थानमा रहेको नेपालले १६ अंक सुधार गर्दै ९४ स्थानमा उक्लिएको छ । नेपालले १० सुचकाङ्क मध्ये ५ मा सुधार सुधार गरेको छ । ३ सुचकांकमा गिरावट आएको छ भने २ मा स्थीर रहेको छ । दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा छ । दक्षिण एसियाको हकमा ६३ स्थानमा रहेको भारत पहिलो र ८९ स्थानमा रहेको भुटान दोस्रो स्थानमा छ ।

सबैभन्दा राम्रो सुधार गर्ने विश्वका २० देशमध्ये ३ देश दक्षिण एसियाकै रहेका छन् । भारत पाकिस्तान र बंगलादेश सुधार गर्ने शीर्ष २० मा रहेका छन् । भारत ४ वर्षअघि १ सय ४२ स्थानमा थियो ।

डुइङ बिजनेशको शीर्ष स्थानमा भने क्रमशः न्युजिल्याण्ड, सिंगापुर, हङकङ्, डेनमार्क र दक्षिण कोरिया रहेका छन् । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थविद् डा। स्वर्णिम वाग्लेले नेपालको सुधारलाई सकारात्मक रुपमा लिँदै व्यवसायमैत्री आर्थिक सुधारलाई थप विस्तारित र गहिरो बनाउँदै लैजानुपर्ने बताउनुभएको छ ।

प्रतिक्रिया