हराएकी बालिका मृत फेला

हराएकी बालिका मृत फेला

सांकेतिक तस्बिर।

दैलेख कात्तिक ८ । घरबाटै हराएकी दुई बर्षीया बालिका मृत फेला परेकी छिन् । जिल्ला प्रहरी कार्यालय दैलेखले दिएका जानकारी अनुसार दुल्लु नगरपालिका–११ बस्ने पदम नेपालीकी छोरी लक्ष्मी नेपाली बुधवार साँझ देखि हराएकी थिइन् ।

उनको शव बिहिवार घर देखि पाँच सय मिटर पर खरबारीमा फेला परेको प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिए । बालिका हराएको दिन देखिनै प्रहरीले खोजी सुरु गरेको डिएसपी ओलीले बताए । ‘हामी अनुसन्धानमा नै छौ,’ डिएसपी ओलीले भने । मृतक बालिकाको आमाले कर्तव्य ज्यान मुद्धामा जाहेरी दिएकी छिन् ।

प्रतिक्रिया