विपन्न परिवारलाई सोलार
दैलेख कात्तिक ९ बैकल्पीक उर्जा प्रर्वद्धन केन्द्रको नविकरणीय उर्जा क्षेत्र सहयोग कार्यक्रम र नारायण बहुउदेश्यि सहकारी संस्था लिमिटेडको सहकार्यमा जिल्लाका गरिब तथा बिपन्न समुदाय (दलित, जनजाती,अल्पसंख्यक) घरपरिवारलाई सोलार वितरण गरिने भएको छ । महाबु गाउँपालिका –५ का योगेश चुनारालाई निशुल्क सोलर प्यानलप्रदान गरि कार्यक्रमको शुभारम्भ गरिएको छ । कर्णाली प्रदेश सभा सदस्य अमर बहादुर थापा र महाबु गाउँपालिका अध्यक्ष जंग बहादुर शाही लगाएत स्थानियको उपस्थितीमा कार्यक्रम सुरु गरिएको हो । कार्यक्रममा सांसद थापाले नागरिकलाई अध्यारोमा बस्न नपरोस भन्नको लागि सरकारले यस्तो कार्यक्रम ल्याएको भन्दै वास्तविक गरिबको पहुँचमा पु¥याउन सुझाव दिए ।
सर्वसाधारणलाई सहजताको लागि सहकारीले पुरानो बजार स्थित धु्रवतारा एफएम नजिक शोरुम स्थापना गरेको छ । चालु आर्थिक बर्षमा कम्तिमा ६ सय वटा गोवर ग्यास प्लान्ट जडान गरिने सहकारीका अध्यक्ष भक्तकिशोर श्रेष्ठले बताए । साथै जिल्लाको १२ सय घरधुरीमा ५० देखि १०० वाटको सोलार सिस्टम र १२ सय घरधुरीमै सुधारिएको चुलो निर्माण गरिने उनले बताए । दैलेखका स्थानिय तहहरुसंगको सहकार्यमा गरिब तथा बिपन्नहरुको पहिचान गरि अनुदानमा उपलव्ध गराईने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
जसका लागि नेपाल सरकार बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले दैलेखका सवै स्थानिय तहहरुमा कार्यक्रमसंग सम्वन्धीत बजेट बिनियोजन गरिसकेको छ । राष्ट्रिय प्रसारण लाईनको पहुँच नपुगेका ग्रामिण बस्तिका घरहरुमा सोलार सिस्टमको माध्यामबाट घरघरमा उज्यालोसंगै गोवर ग्यासको प्लान्टले अनियन्त्रीत दाउरा खपतमा कमी तथा प्राङगारिक मल उत्पादन र घरभित्रको धुलो धुवाँ रहित बनाउनको लागि सुधारिएको चुलो निर्माण गरिने भएको हो ।
प्रतिक्रिया