मुख्यमन्त्रीलाई ज्ञापन पत्र

मुख्यमन्त्रीलाई ज्ञापन पत्र

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ज्ञापनपत्र बुझाउँदै दैलेख उद्योग बाणिज्य संघका महासचिव राजेशकुमार हमाल ।

दैलेख कात्तिक १४ । प्रदेश सरकारले नीतिगत निणर्य तथा आवश्यक बजेट विनियोजन गरि दैलेखलाई कृषि, पर्यटन र औधोगिक क्षेत्र बनाउन माग गर्दैै दैलेख उद्योग बाणिज्य संघले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ज्ञापन पत्र बुझाएको छ । दैलेखको महाबु क्षेत्रमा पुगेका मुख्यमन्त्री शाहीलाई ज्ञापनपत्र बुझाईएको हो । सात बुँदे माग सहितको ज्ञापन पत्र संघका महासचिव राजेशकुमार हमालले मुख्यमन्त्री शाहीलाई बुझाएका हुन् । ज्ञापन पत्रमा कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेत देखि दैलेख सदरमुकाम, महाबुलेक हुँदै कालिकोट जुम्लासम्म जोड्ने सडक कर्णाली राजमार्गको तुलनामा छोटो भएकाले तत्काल निर्माण कार्य अघि बढाउन माग गरिएको छ । यो सडकले जिल्लामा उत्पादित कृषि उपजको बजारिकरणका लागि सहज हुने ज्ञापन पत्रमा उल्लेख छ ।
दैलेख सुर्खेत सडकखण्डलाई दुईलेनको बनाउनुपर्ने, दैलेखमा कृषि उपज संकलन केन्द्र निर्माण तथा सञ्चालन र चिस्यान केन्द्र स्थापनाका लागि बजेट विनियोजन गर्न माग गरिएको संघका महासचिव हमालले बताए । दैलेख महोत्सब औधोगिक मेला प्रर्दशनीका साथै कृषि मेलाका लागि बजेट विनियोजना हुनुपर्ने ज्ञापन पत्रमा उल्लेख छ । ज्ञापन पत्र मार्फत पर्यटन व्यवसाय मार्फत जिल्लाको अर्थतन्त्र बढाउन सकिने प्रशस्त सम्भावना भएकाले पञ्चकोशी विकास कोष गठन र एकीकृत पञ्चकोशी विकास प्रक्रिया सञ्चालन गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराईएको छ ।
दैलेखको ऐतिहासिक पञ्चदेवल, कोतगढी, टुडिखेललाई नगरपालिकाको मातहतमा ल्याई त्यसको संरक्षण र प्रवद्र्धन गर्न नीतिगत निणर्य गरि कार्यान्वयन गर्न संघको माग छ । जिल्लाको सुन्दर एवं धार्मिक आस्था बोकेको महाबु लेक संरक्षण गरि पर्यटन विकासका लागि दिर्घकालिन योजना तयार गर्न आवश्यक बजेट र थप नीतिगत निणर्य गरि कार्यान्वयन गर्न प्रदेश सरकारसँग माग गरिएको छ । ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री शाहीले दैलेखको विकासमा आफु प्रतिबद्ध रहेको बताए । दैलेख उद्योग बाणिज्य संघले अघिल्ला बर्षहरुमा गरेको कामको प्रसंशा गर्दै मुख्यमन्त्री शाहीले भने ‘दैलेखका आम नागरिकले विकासमा हुँदैन कि भनेर चिन्ता गरिरहनुपर्दैन, प्रदेश सरकार दैलेखको कृषि, पर्यटन र उद्योग क्षेत्रको विकासमा प्रतिबद्ध छ ।’

प्रतिक्रिया