हिंसा अन्त्य गर्नलाई गरिबी न्यूनिकरण गर्नुपर्छ : मुख्यमन्त्री शाही

हिंसा अन्त्य गर्नलाई गरिबी न्यूनिकरण गर्नुपर्छ : मुख्यमन्त्री शाही

सुर्खेत कात्तिक २७ । कर्णाली प्रदेशमा हुने बिभिन्न खालका हिंसा अन्त्य गर्नलाई गरिवि न्यूनिकरण गर्नु पर्ने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् ।
वीरेन्द्रनगर सुर्खेतमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको लैङ्गिक हिंसा विरुद्धको बर्ष अभियान २०७६/७७ लैङ्गिक हिंसाको अत्यका लागी सरोकारवाला निकायको जिम्मेवारी, भुमिका र प्रतिवद्धता विषयक प्रदेशस्तरीय अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै उनले गरिबि न्युनिकरण गरे मात्रै हिंसा अन्त्य हुने ठोकुवा गरे ।

कर्णालीका नागरिकहरुको चेतना स्तर कमजोर हुनाले पनि बिभिन्न किसिमका हिंसा हुने गरेको मन्त्री शाहीको भनाई छ । कर्णली प्रदेशलाई हिंसा मुक्त प्रदेश बनाउनका लागी गरिवि न्युनिकरणका साथै कमजोर सोचको अत्य गरेमा मात्र हिंसा मुक्त र सुखी प्रदेशको रुपमा चिनाउन सकीने उनको भनाई छ ।

भुमि व्यवस्था कृर्षि तथा सहकारी मन्त्री विमला केसिले समानुपातिक अधिकारलाई सुनिश्चित गरि महिलाहरुलाई मुलप्रवाहिकरणमा ल्याउन सके हिंसा क्रमिकरुपमा घट्दै जाने धारणा राखिन्। हिंसा अत्यका लागी आफुले खेल्नु पर्ने भुमिका सधै गम्भीर भएर लाग्ने उनको प्रतिवद्धता छ ।

कानुनको कार्यन्वयन सँगै जनचेतना जोगाउन सके मात्र कर्णालीमा हुने हिंसा अत्य गर्न सकिने सामाजिक बिकास मन्त्री दल रावल बताउँछन् । हिंसा पिडित महिला तथा बिभिन्न वर्ग र समुहका ब्यक्त हरु राष्टिको नेतृत्व तहमा ल्याउन सके हिंसा अत्यहुने मन्त्री रावलको भनाई छ ।

प्रतिक्रिया