दैलेखमा विपद् व्यवस्थापनको तालिम दिँदै सेना

दैलेखमा विपद् व्यवस्थापनको तालिम दिँदै सेना

दैलेख कात्तिक २७ ।
दैलेखका सबै स्थानीय तहमा नेपाली सेनाले सामुदायिक विपद प्रतिकार्य सम्बन्धि तालिम दिन थालेको छ । नेपाली सेनाको इन्द्रदल गुल्म दैलेखले जिल्लाका ११ वटै स्थानीय तहका जनप्रतिनीधि, कर्मचारी, सरोकारवालालार्य सामुदायिक विपद् प्रतिकार्य सम्बन्धि तालिम दिन थालेको हो । बुधवार नेपाली सेनाको इन्द्रदल गुल्म दैलेखको आयोजना तथा भैरबी गाउँपालिकाको सहकार्यमा भैरबी गाउँपालिकामा चार दिने सामुदायिक विपद् प्रतिकार्य सम्बन्धी तालिम सुरु भएको हो ।
समुदायकै अग्रसरतामा बाढी, पहिरो, आगजनी वा यस्ता विपद्बाट जोगिने तरिका विषयमा प्रशिक्षण दिइएको छ । विपदबाट जोगिने सीप, विपद्को बेला उद्धार तथा राहतमा ध्यान दिनुपर्ने विषयहरु, उद्धारकर्ताको सुरक्षा, घाइते तथा प्रभावितहरुलाई प्राथमिक उपचारबारे वडाध्यक्ष, वडा सचिव, गाउँपालिकाका विभिन्न शाखाका प्रमुखहरु, विद्यालयका प्रधानाध्यापकहरुलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान दिइएको बताइएको छ ।
नेपाल भर नै विपद जोखिम न्यूनीकरणमा समुदायको प्राथमिक उपचार तथा परिचालन सीप सिकाउन दैलेखका ११ स्थानीय तहमा यो तालिम दिन लागिएको इन्द्रदल गुल्मका गुल्मपति सेनानी गणेशराज पन्तले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाको अध्यक्षतामा उद्घाटन भएको तालिममा वडाध्यक्ष, वडा सचिव, गाउँपालिकाका विभिन्न शाखाका प्रमुखहरु, विद्यालयका प्रधानाध्यापकहरु सहभागि छन् । सेनाले यस अघि महाबु गाउँपालिकामा तालिम दिईसकेको छ ।

प्रतिक्रिया