सरोकारवाला र सेवाग्राहीसँग अन्तरक्रिया

सरोकारवाला र सेवाग्राहीसँग अन्तरक्रिया

दैलेख (राकमकर्णाली)
२०७५ कात्तिक २९ ।
दैलेखको आठबिस नगरपालिकाको राकमकर्णालीमा बालविवाह, बाल अधिकार छाउपडी, मनोसामाजिक मनोविमर्श र बाल हेल्पलाइन सम्बन्धि सरोकारवाला र सेवाग्राहीसँग अन्तरक्रिया गरिएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको आयोजना तथा केन्द्रिय बाल अधिकार परिषदको सहयोगमा आयोजित कार्यक्रममा आठबिस नगरपालिकाका बालसंजाल, युवा संजाल, महिला संजाल, जनप्रतिनीधि, कर्मचारी सहभागि थिए ।
अन्तरक्रियामा बालविवाह, बाल अधिकार छाउपडी, मनोसामाजिक मनोविमर्श र बाल हेल्पलाइन सम्बन्धिबारे छलफल गरिएको थियो । अन्तरक्रियामा ईलाका प्रहरी कार्यालय राकमकर्णालीका इन्चार्ज विष्णु गिरी, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका उपाध्यक्ष टिकादेवी जैसी, बाल हेल्पलाइन संयोजक रमा श्रेष्ठ, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका बाल अधिकार अनुगमन अधिकृत प्रभा विक सहभागि थिए ।

प्रतिक्रिया