विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

ज्वाला सन्देश, दैलेख मंसिर ४ ।
जिल्लाको नारायण नगरपालिका–६ भुर्ती स्थित रेडक्रस माविका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । अन्तराष्ट्रिय बाल दिवसको अबसरमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो । ‘सुनिश्चित बाल अधिकार ःसमृद्ध नेपालको आधार’ भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा रेडक्रस माविमा सञ्चालित सुस्त श्रवण तथा बहिरा स्रोत कक्षा–केन्द्रका विद्यार्थीलाई कापी, कलम तथा खेलकुदका सामग्री वितरण गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, शिक्षाका लागि राष्ट्रिय अभियान, सुन्दर नेपाल संस्था लगाएतको समन्वय तथा नारायण नगरपालिकाको आयोजनामा फरक क्षमता भएका बालबालिकालाई शैक्षिक र खेलकुदका सामग्री वितरण गरिएको हो ।
शैक्षिक सामग्री वितरणका अबसरमा नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले बाल अधिकारका लागि बनेका कानुनको प्रभावकारी कार्यान्वयनमा स्थानीय सरकार गम्भिर बनेको बताए । सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले बालबालिका भविष्यका कर्णधार भएको बताउँदै उनिहरुको सुन्दर भविष्य निर्माणमा अभिभावक, समाज सरकार लगाएत सबैको महत्वपूर्ण भूमिका रहने बताए ।
नारायण नगरपालिका–६ का वडाध्यक्ष प्रकाश न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला स्थित सरकारी तथा गैरसरकार निकायका प्रमुख प्रतिनीधि, विद्यालयका शिक्षक विद्यार्थीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया