अन्तराष्ट्रिय बाल दिवसमा वक्तृत्वकला

अन्तराष्ट्रिय बाल दिवसमा वक्तृत्वकला

दैलेख मंसिर ४ गते ।
अन्तराष्ट्रिय बाल दिवसको अवसरमा दैलेखको भैरबी गाउँपालिकामा माध्यामिक विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । भैरबी गाउँपालिकाको आयोजना तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा ‘बाल अधिकारमा सरोकारवालाको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता गरिएको हो ।
प्रतियोगितामा सृजना शाही प्रथम, दिनेश महतरा द्वितिय, सागर खडायत तृतिय र दिपक पौड्याल सान्तोना भएका छन् । गौरी मावीमा सम्पन्न प्रतियोगितामा पाँच माध्यामिक विद्यालयका १० जना छात्रछात्रा सहभागि थिए ।
त्यसअघि डाडीमाडी बजार देखि सिलंगी हुँदै बालेकाडा स्कुलसम्म ¥याली गरिएको थियो । दिवसका अबसरमा आयोजित कार्यक्रममा जनप्रतिनीधि, कर्मचारी, विद्यार्थी, शिक्षकको उल्लेख्य सहभागिता रहेको जनाईएको छ । कार्यक्रम गाउँपालिकाको शिक्षा शाखा प्रमुख चेतन लामीछानेको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया