‘म हिंसा गर्दिन, म हिंसा सहदिन’

‘म हिंसा गर्दिन, म हिंसा सहदिन’

दैलेख मंसिर १० गते ।
जिल्लाको भैरबी गाउँपालिकामा पनि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । ‘समानताको पुस्ता : बलात्कार विरुद्ध ऐक्यबद्वता’ भन्ने नारा सहित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको हो । भैरबी गाउँपालिका, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख लगाएतका गैरसरकारी संस्थाहरुको सहकार्यमा अभियान सुरु गरिएको हो ।
गाउँपालिकाका उपाध्यक्ष पदमकुमारी विष्टको अध्यक्षतमा भएको कार्यक्रममा अभियानको उद्घाटन गरिएको छ । अभियानको उद्घाटनको अबसरमा यहाँका स्थानीयले ‘म हिंसा गर्दिन, म हिंसा सहदिन’ भन्दै हस्ताक्षर गरि प्रतिबद्वता जनाएका छन् ।
सोहि अबसरमा भैरबी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद देवकोटा, इन्जिनियर हीरासिंह थापा लगाएतले लैङ्गिक हिंसा अन्त्यबारे आ–आफ्नो धारणा राखेका थिए । यहाँका सरोकारवालाहरुको सहभागितामा रावतकोट, कुसापानी देखि प्रभातफेरी ¥याली समेत गरिएको बताईएको छ । अभियानभर विभिन्न सचेतनामुलक कार्यक्रम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया