राकमकर्णालीमा कृषि मेला

राकमकर्णालीमा कृषि मेला

श्याम बिसी, राकम कर्णाली ।
जिल्लाको आठबीस नगरपालिकाको –४ स्थित राकम कर्णालीमा बृहत कृषि मेला प्रदर्शनी सकिएको छ । डिसिएको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको आयोजना तथा आठबिस नगरपालिका दैलेख र पञ्चदेवल बिनायक नगरपालिका अछामको समन्वयमा आयोजना गरिएको कृषि मेला प्रदर्शनीमा आठबिस नगरपालिकाको ३, ४, ५ र ८ तथा अछामको पञ्चदेवल बिनायक नगरपालिकाको ४, ५, ८ र ९ लगायतका वडाका कृषकहरुले आफ्नो बारीमा उत्पादन गरेका बिभिन्न कृषि बाली प्रदर्शनमा राखिएको थियो ।
एक सय बढि कृषकहरुले उक्त प्रदर्शनीमा दुई सय ५० बढि उत्पादन सहित सहभागिता जनाएका थिए । प्रदर्शनीमा बोल्दै आठबिस नगरपालिकाकी उपप्रमुख दिपा बोहोराले यस्ता प्रदर्शनीहरुले कृषकहरुको आर्थिक स्थितीमा मात्र नभएर उनिहरुको कृषि गर्ने जागँरमा बढवा गर्नमा सहयोग पु¥याउने बताईन् । ‘यस्ता क्रियाकलापहरुले कृषकहरुको आत्मबिश्वास बढाउछ, आगामी दिनमा पनी निरन्तरता दिन आवश्यक रहेको छ,’ उनले भनिन ‘हामी स्थानिय सरकारको तर्फबाट गर्नुपर्ने सहयोग र समन्वयका लागी तयार छौ ।’

अछामको पञ्चदेवल बिनायक नगरपालिकाकी उपप्रमुख अम्बिका चलाउनेले कृषकहरुलाई व्यवसायिक कृषिमा प्रेरित गर्नमा प्रदर्शनीले महत्वपुर्ण भुमिका निर्वाह गरेको उल्लेख गरिन् । ‘सामाजिक सेवा केन्द्र (सोसेक) ले कृषिमा कृषकहरुले प्रेरित गर्न र प्राविधिक सहयोग मात्र नभएर दुई जिल्लाका तथा दुई प्रदेशका कृषकहरुलाई पनी जोड्न उल्लेखनिय भुमिका निर्वाह गरेको छ,’ उनले भनिन् ‘आगामी दिनमा पनी यसलाई निरन्तर दिएको खण्डमा कृषि क्षेत्रको विकास र कृषकहरुको जीवन स्तर माथि उठ्नेमा मैले बिश्वास लिएकी छु ।’
प्रर्दशनीमा दुई नगरपालिकाका बिभिन्न वडाका अध्यक्ष तथा पञ्चदेवल बिनायक नगरपालिकाको कृषि शाखाका प्रमुख महाजित बिक, बसुन्धरा कृषि सहकारी संस्थाका प्रवन्धक डम्बर माझी, नेपाली काँग्रेस राकम नगरका सभापति अर्जुन शाही लगायतले आफ्नो भनाई राखेका थिए । कृषि प्रदर्शनीमा उत्कृष्ट कृषकहरुलाई नगद पुरस्कार तथा प्रमाण पत्र सहित सम्मान गरिएको छ ।

प्रतिक्रिया