राजमार्गमा थपिँदै होटल

राजमार्गमा थपिँदै होटल

हिक्मतबहादुर नेपाली
दैलेख मंसिर १२ गते ।
कर्णाली राजमार्ग वरपर सुविधासम्पन्न होटल र लजमा स्थानीयले लगानी बढाएका छन् । मुलुककै प्रमुख पर्यटकीय गन्तव्य मानिएको रारा ताल लगाएतका पर्यटकीय स्थल अवलोकनमा जाने आन्तरिक तथा बाह्य पर्यटक र ग्राहकको चाप बढ्न थालेपछि व्यवसायीहरुले लगानी बढाएका हुन् । रारा जाने स्थलमार्गको रुपमा रहेको राजमार्ग अन्तरगर्त राकमकर्णालीमा अहिले धमाधाम सुविधासम्पन्न होटल तथा लजहरु खुल्न थालेका छन् । दैलेखको आठबीस नगरपालिका–४ राकमकर्णालीमा अहिले होटल श्रृष्टि, सिद्वार्थ, ओसिस लगाएतका सुविधासम्पन्न होटलहरु सञ्चालनमा छन् । अन्य सुविधायुक्त होटलहरु थपिँने क्रम जारी रहेको स्थानीय नैनबहादुर शाहीले बताए । होटलमा लगानी गर्न व्यवसायीहरु आकर्षित भएको शाहीले बताए । ‘कर्णालीमा आन्तरिक तथा बाह्य पर्यटकहरु आकर्षण बढाउन स्थानीय र प्रदेश सरकारले पर्यटकमैत्री वातावरण बनाउनुर्छ,’ उनले भने ।
राकमकर्णालीमा लगानी बढाएर सुविधासम्पन्न होटल सञ्चालनमा ल्याएदेखि सधैजसो भरिभराउ रहेको श्रृष्टि होटलका सञ्चालक पंकज शाहीले बताए । पर्यटकहरुलाई रारा तालसँगै कर्णालीका अन्य क्षेत्रको अवलोकन गर्न सहजता होस भन्नका लागि होटलमा लगानी बढाएको उनले बताए । राकमसँगै आसपासका स–साना बजारहरुमा रहेका होटलहरुले समेत लगानी बढाएका छन् । कालान्तरमा ग्राहकको चाप बढ्ने सोचेर होटलमा लगानी बढाएको उनिहरु बताउँछन् । कर्णाली राजमार्गसँगै गौरवको आयोजना मध्यपहाडी राजमार्गले छोएको राकमकर्णालीलाई नयाँ सहर बनाउने काम अघि बढाएको छ । सरकारले मध्यपहाडी राजमार्गमा पर्ने राकमकर्णालीलाई नयाँ सहर बनाउने घोषणा अनुरुप काम भईरहेको छ ।
होटलको संख्या बढेपनि भौतिक पूर्वाधारको अवस्थामा भने खासै सुधार आउन सकेको छैन् । यस्तो अवस्थामा सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० मा २० लाख पर्यटक भित्¥याउन नसकिने राकमकर्णालीका अर्जुन शाहीले बताए । रारा जाने पर्यटकहरुलाई जिर्ण बनेको कर्णाली राजमार्गको सास्ती दिने गरेको उनको भनाई छ । कर्णाली राजमार्गलाई स्तरोन्ती गर्न उनले माग गरे ।

प्रतिक्रिया