नेपाल महिला संघको चामुण्डा नगरसमिति गठन

नेपाल महिला संघको चामुण्डा नगरसमिति गठन

दैलेख मंसिर १४ गते ।
नेपाली काँग्रेसको भातृ संस्था नेपाल महिला संघकोे चामुण्डाविन्द्रासैनी नगरपालिका स्तरिय नगर कार्य समिति गठन गरिएको छ । शनिवार यहाँ आयोजित एक भेलाबाट मनसरा शर्माको अध्यक्षतामा सर्वसम्मत समिति गठन गरिएको हो ।

नवगठित समितिको उपाध्यक्षमा विमा विक र भगवती आचार्य, कोषाध्यक्षमा लक्ष्मी नेपाली, सचिवमा गिता रेस्मीमगर र विष्णा रिजाल, सहसचिवमा यज्ञ विष्ट र जमुना शाही रहेको त्यहाँबाट हाम्रा संवाददाताले जानकारी दिए ।
भेलालाई सम्बोधन गर्दै नेपाल महिला संघ दैलेखका अध्यक्ष सिताकुमारी रानाले नेपाली काँग्रेस पार्टीलाई सुदृढ बनाउनका लागि सबै लागि परेको बताउँदै महिलाहरूको भुमिका त्यसमा उल्लेखनीय रहेको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिन आग्रह गरिन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको प्रसंग जोड्दै अध्यक्ष रानाले हिंसा अन्त्यका लागि ग्रामिण महिलाहरु जागरुक हुनुपर्ने बताइन् । उनले सङ्घीय संरचना अनुसार जिल्लाका ११ वटै स्थानीय तहहरुमा नेपाल महिला संघको कार्यसमिति गठन थालिएको जानकारी दिइन् । कार्यक्रममा नेपाली काँग्रेसका नेता कार्यकर्ताहरु सहभागि थिए ।
कार्यसमितिको पूर्ण विवरण

प्रतिक्रिया