विश्व एड्स दिवसका अवसरमा राकम कर्णालीमा दिपावली

विश्व एड्स दिवसका अवसरमा राकम कर्णालीमा दिपावली

ज्वाला शन्देश ।
दैलेख ।
आज विश्व एड्स दिवस । विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ । सोही अवसरमा दैलेखको आठबिस नगरपालिका ४ मा पर्ने राकम कर्णालीमा आईतबार साझँ दिपावली गरिएको छ र ‘एचआईभीको नयाँ संक्रमण, भेदभाव र एड्सबाट हुने मृत्युलाई शून्यमा पुर्याऔ’ भन्ने नाराका साथ आठबिस नगरपालिकाको आयोजनामा दिपावली गरिएको स्थानिय डम्बर माझीले ज्वाला शन्देशलाई बताए ।

एचआइभी र एड्स सम्वन्धी प्रभावकारी रोकथाम, हेरचाहा, सहयोग तथा उपचार सेवाको लागी बिश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जोगाउन सन् १९८८ देखि हरेक वर्ष डिसेम्वर १ मा विश्व एड्स दिवस मनाउन थालिएको हो ।

आठबिस नगरपालिका एड्सको सबैभन्दा बढि प्रभावित क्षेत्रका रुपमा रहेको छ । दिपावली पछि सम्बोधन गर्दै आठबिस नगरपालिकाकी उपप्रमुख दिपा बोहोराले एड्सका बिरुद्ध सिगों बिश्व समुदाय नै लडिरहेकाले यो सिगों बिश्व समुदायको चासोको बिषय भएको बताईन् । आठबिस बढि प्रभावित क्षेत्र भएका कारण यसलाई निर्मुल पार्नका लागी आठबिसका स्थानिय बढि संवेदनशिल रहनु आवश्यक रहेकोमा उनले जोड दिईन् । एड्स उन्मुलनका लागी नगरपालिकाले बिभिन्न सचेतनाका कार्यक्रम गरिरहेको र आगामी दिनमा पनी त्यसलाई निरन्तरता दिने उनको आश्वासन छ ।

प्रतिक्रिया