महिला फुटबलमा नेपालको विजयी सुरुवात

महिला फुटबलमा नेपालको विजयी सुरुवात

पोखरा । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । श्रीलंकाविरुद्धको पहिलो खेलमा नेपाल एक–शून्य गोलले विजयी भएको हो ।

नेपालका लागि अनिता केसीको पासमा सरु लिम्बूले ८६ औँ मिनेटमा गोल गरेकी हुन् ।

जितसँगै नेपालले पहिलो खेलमा ३ अंक जोडेको छ ।

महिला फुटबल अन्तर्गत मंगलबार भारत र माल्दिभ्सबीच खेल हुनेछ । अब नेपालले बिहीबार माल्दिभ्ससँग खेल्नेछ ।

प्रतिक्रिया