साग महिला भलिबल: पहिलो पटक फाइनलमा पुगेको नेपाल रजतमा सीमित

साग महिला भलिबल: पहिलो पटक फाइनलमा पुगेको नेपाल रजतमा सीमित

काठमाडौँ । १३औं दक्षिण एसियाली खेलकुद (साग) महिला भलिबलमा नेपाल रजतमा सीमित भएको छ ।

पहिलो पटक फाइनमा पुगेको नेपालले सुरुमा उत्कृष्ट प्रदर्शन गरे पनि चौथो र पाँचौं सेटमा कमजोर प्रदर्शन गर्यो, जसका कारण स्वर्ण पदक पाउने अवसर गुमायो ।

त्रिपुरेश्वरस्थित कभर्ड हलमा मंगलबार भएको खेलमा ३–२ को सेटमा भारत विजयी भएको हो । पहिलो सेट नेपालले गुमाएको थियो । पहिलो सेटमा भारत २५–१७ ले विजयी भएको थियो । नेपाल दोस्रो सेटमा २५–२३ ले विजयी भएको थियो ।

दोस्रो सेट २५–२४ ले जितेको नेपालले तेस्रो सेट २५–२१ को जित हात पारेको हो । चौथो सेट भारतले २५ –२० सेटमा विजयी भयो । चौथो सेटमा नेपाल–भारत बराबर र अन्तिम सेट भारतले १५ –६ सेटमा विजयी भएसँगै स्वर्ण पदक हात पार्यो ।

नेपाल सेमिफाइनलमा श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो । यसअघि नेपाली महिला भलिबल टोलीले तीन पटक कास्य जितेको थियो । नेपालले सन् १९९९, २००६ र २०१६ मा कास्य जितेको थियो ।

फाइनल खेल हेर्न उपराष्ट्रपति नन्दबहादुर पुन, युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राखेप सदस्यसचिव रमेशकुमार सिलवाल, भलिबल संघका अध्यक्ष मनोरन्जन रमन शर्मालगायत पुगेका थिए ।

प्रतिक्रिया