स्थानीय पूर्वाधार विकास कार्यक्रम : महाबु सडकलाई प्राथमिकता

स्थानीय पूर्वाधार विकास कार्यक्रम : महाबु सडकलाई प्राथमिकता

ज्वाला सन्देश संवाददाता
दैलेख मंसिर १९ गते ।
सङ्घीय सरकारबाट विनियोजन हुने स्थानीय पूर्वाधार विकासका लागि ६ करोड रुपैयाँ महाबु सडकमा पारिएको छ । कार्यक्रम अन्तरगर्त निर्वाचन क्षेत्र नम्बर १ मा बजेट महाबु सडकमा खर्च गरिने भएको हो । जमुनाहा हुँदै चीनसम्मको महत्वपूर्ण त्रिदेशीय सडक अन्तरगर्त महाबु खण्डमा केन्द्र सरकारले विनियोजन गरेको ५२ करोड रुपैयाँ जुम्ला खण्डमा खर्च गरिने भएपछि पूर्वाधार विकासको बजेट महाबुसम्मको सडक स्तरोन्तीमा जोड दिईएको हो । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगतको ६ करोड रकम दैलेखको महाबु खण्डको सडक विस्तारमा खर्च गर्ने निर्णय गरिएको छ ।
नेपाल सरकारले गत वर्षदेखि मुख्य त्रिदेशीय सडकको रुपमा नेपालगंजको रुपडिया, सुर्खेत, दैलेख सदरमुकाम, महावु जुम्ला हुम्ला हुँदै नाम्चे जोड्ने सडकलाई पहिलो प्राथमिकतामा राखेको थियो । गतबर्षदेखि यो सडकको जुम्ला, हुम्ला खण्डमा केन्द्र सरकारले रकम विनियोजन गर्दै आएको भए पनि जिरो पोईन्ट मानिएको दैलेख हुँदै महाबु सडक खण्ड बिस्तारमा केन्द्र सरकारले रकम विनियोजन नगरेपछि निर्वाचित दैलेख क्षेत्र नं. १ प्रतिनिधि सभा सांसद रबिन्द्र शर्माको पूर्वाधार विकास अन्तरगत आएको ६ करोड रकम महाबु सडक खण्ड बिस्तारमा खर्च गरिने भएको छ ।
दैलेख सदरमुकामका बासिन्दाहरुको भाग्य र भविष्यसँग जोडिएको सडक भएकोले यो सडकलाई दुई लेनको निर्माण गर्न यसपालिको ६ करोड रकम बिनियोजन गरिएको र अन्य रकमका लागि केन्द्र र प्रदेश सरकारसँग पहल भएकोले थप रकम पनि तत्कालै आउने तयारी भएको प्रतिनीधि सभाका सांसद रविन्द्रराज शर्माले बताए । प्रतिनिधि सभाका सांसद पार्वती बिसुन्केले क्षेत्र नम्बर १ का आम व्यापारी र सिङ्गो दैलेख सदरमुकामका महत्वपूर्ण आवश्यकता रहेको उक्त सडक बिस्तार गर्न आफूहरूले समेत केन्द्र सरकारलाई ताकेता गरेको र केही समयभित्र थप अरू रकम पनि विनियोजन हुने बताइन् ।

प्रतिक्रिया