अन्तरजिल्ला सिकाई भ्रमण

अन्तरजिल्ला सिकाई भ्रमण

नेपाल राष्ट्रिय मावीका शिक्षक र बाल क्लबका पदाधिकारीहरुसँग छलफल पश्चात सामुहिक तस्विर

दैलेख मंसिर १९ ।
अन्तरजिल्ला सिकाई भ्रमण कार्यक्रम अन्तरगर्त प्रारम्भिक पढाइ कक्षा, तथा शैक्षिक गुणस्तर सुधारमा स्थानीय तह, विद्यालय, शिक्षक, अभिभावक र बाल क्लबहरुले गरेको प्रयासहरुबारे स्थलगत अवलोकन भ्रमण सम्पन्न भएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख, गुराँस गाउँपालिका र सेभ द चिल्डेनको संयुक्त आयोजनामा तीन दिनसम्म बर्दियाका दुई वटा सामुदायिक विद्यालय र कोहलपुर नगरपालिकाको शिक्षा शाखामा अध्ययन अवलोकन गरिएको हो ।
गुराँस गाउँपालिकाका उपाध्यक्ष दिपा कुमारी विसी, वडा नम्बर १ का वडाध्यक्ष नरबहादुर राम्जाली, वडा नम्बर ८ का वडाध्यक्ष हुकुम बहादुर खत्री, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका उपाध्यक्ष टिकादेवी जैसी, महासचिव मञ्जुकुमारी खड्का, कार्यसमिति सदस्यहरु हस्तराज अधिकारी, कमला चन्द, कमला नेपाली, पवित्रा वादी, कार्यक्रम निर्देशक नवराज विसी सहितको टोलीले स्थलगत अध्ययन अवलोकन गरेको हो ।

कोहलपुर नगरपालिकाको शिक्षा शाखामा छलफल गरिँदै ।

टोलीले बर्दिया स्थित नेपाल राष्ट्रिय मावी बाँसगढी, जनचाहाना आधारभुत विद्यालय डुम्रनीका शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा बाल क्लबका पदाधिकारी र कोहलपुर नगरपालिकाको शिक्षा शाखाका छलफल गरेको हो ।
विद्यालयको शैक्षिक सुधारका लागि नेपाल राष्ट्रिय मावीका शिक्षक र विद्यार्थीहरुको सक्रियता र विद्यालयको बाल क्लबले सञ्चालन गरेको गतिवीधिबारे छलफल गरिएको थियो । बाल क्लबका पदाधिकारीहरुको सक्रियतामा कक्षा ९ र १० का छात्राहरुलाई सेनेटरी प्याड निर्माण तालिम सञ्चालन, विद्यार्थीहरुको समस्या समाधानको प्रयास गरिरहेको पाईएको छ । बाल क्लबको क्रियाकलापमा शिक्षक र अभिभावकहरुको सहयोग रहेको पाईएको छ ।
जनचाहाना आधारभुत विद्यालय डुम्रनीमा बाल मैत्री भवन, विद्यालयमा अध्ययनरत बालबालिकाका अभिभावकहरु दैनिक विद्यालय आई आफ्ना बालबालिकाको पढाईबारे जानकारी लिने गरेको पाईएको छ ।

कोहलपुर नगरपालिकाको शिक्षा शाखामा गरिएको छलफल पछिको सामुहिक तस्विर

कोहलपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख अनन्तकुमार पौडेलले कोहलपुर नगरपालिकाले नगरको शैक्षिक गुणस्तर विकासमा भईरहेको प्रयासहरु, भर्ना अभियान लगाएतका बारेमा जानकारी गराएका थिए । अन्तरजिल्ला सिकाई भ्रमण कार्यक्रम पश्चात गुराँस गाउँपालिकाका उपाध्यक्ष दिपा विसीले अवलोकनका क्रममा देखिएका शिक्षा विकासमा भएका नयाँ प्रयासहरुलाई गुराँस गाउँपालिकाले अवलम्बन गर्ने प्रतिक्रिया दिइन् ।

प्रतिक्रिया