अवैध घरेलु मदिरा नष्ट

अवैध घरेलु मदिरा नष्ट

घरेलु मदिरा नष्ट गर्दै प्रहरी ।

दैलेख मंसिर २० ।
जिल्ला प्रहरी कार्यालय दैलेखले विभिन्न स्थानबाट संकलित अवैध घरेलु मदिरा नष्ट गरेको छ । नारायण नगरपालिकाका विभिन्न क्षेत्रबाट बरामद गरिएको तीन सय ५० लिटर मदिरा बनाउने कच्चा पदार्थ, ६५ लिटर मदिरा र २ सय ९० केजी मदिरा बनाउने औषधी नष्ट गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयको हाताभित्र खाडलमा अवैध मदिरा नष्ट गरिएको प्रहरी निरिक्षक उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए । गाउँघरमा छ्याप्छ्याप्ती पाइने घरेलु मदिराले समाजमा हिंसात्मक घटना हुनसक्ने भएकाले घरेलु मदिरा नियन्त्रण अभियान थालेको प्रहरी निरिक्षक आचार्यको भनाई छ ।

प्रतिक्रिया