दैलेखमा ‘मर्यादित महिनावारी’ दिवस

दैलेखमा ‘मर्यादित महिनावारी’ दिवस

दैलेख मंसिर २२ गते । दैलेखमा पहिलो पटक ‘मर्यादित महिनावारी’ दिवस मनाइएको छ । महिनावारीसँग सम्बन्धित स्वास्थ्य, सरसफाइका साथै मर्यादित महिनावारीका विषयमा काम गर्ने संघ संस्था तथा अभियान्ताहरुको पहलमा आइतबार बिहान दैलेखको स्थानीय देवकोटा चोकमा कोणसभाको आयोजना गरिएको थियो ।
महिला हिंसा विरुद्धको १६ दिने अभियान (नोभेम्बर २५–डिसेम्बर १०) कै अवसर पारेर डिसेम्बर ८ का दिने यो दिवस मनाउने निर्णय भएको हो । दिवसको नारा ‘लैंगिकतामा आधारित हिंसा न्यूनीकरण र मानव अधिकारका लागि मर्यादित महिनावारी’ तय गरिएको थियो ।
एइआएन, सेभ द चिल्ड्रेन, डिसिए र राधा पौडेल फाउन्डेसनको सहयोग, जिल्ला समन्वय समिति, नारायण नगरपालिका, जिल्ला प्रहरी कार्यालय दैलेखको समन्वयमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा देवकोटा चोकमा आयोजित कार्यक्रममा ‘मर्यादित महिनावारी हामी सबैको जिम्मेवारी’ लेखिएको ब्यानरमा सहभागिहरुले हस्ताक्षर गरि प्रतिबद्धता समेत गरेका छन् । ¬देवकोटा चोकमा महिनावारी हुँदा चाहिने चाहिने सरसफाइ सामग्रीहरु प्रर्दशनमा राखिएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका सहायक कार्यक्रम निर्देशक दुर्गा गिरीले जानकारी दिइन् ।

फाेटाेहरू :

प्रतिक्रिया