लैङ्गिक हिंसा विरुद्ध अन्तरक्रिया

लैङ्गिक हिंसा विरुद्ध अन्तरक्रिया

सुर्खेत मंसिर २२ । आइतवार सुर्खेतका दुईवटा विद्यालयमा लैङ्गिक हिंसा विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । यहाँको अमर ज्योति नमुना माध्यामिक विद्यालय नेवारे र श्रीकृष्ण संस्कृत माध्यामिक विद्यालय इत्राममा अन्तरक्रिया सम्पन्न भएको हो । विकास, सशक्तिकरण र सचेतनाका लागि लगानी (आइडिया) नेपाल सुर्खेत र बालिका बचाउ अभियानले कार्यक्रमको आयोजना गरेका थिए ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान (नोभेम्बर २५–डिसेम्बर १०) कै अवसर पारेर अन्तरक्रिया कार्यक्रम गरिएको आइडिया नेपाल सुर्खेतका अध्यक्ष रचना सुनारले बताउनुभयो । विद्यालयका विद्यार्थीहरुसँग गरिएको अन्तरक्रियामा लैङ्गिक हिंसा, हिंसाका रुप, न्यूनिकरण गर्न चाल्नुपर्ने कदमहरु र विद्यार्थीहरुको भूमिकाबारे छलफल गरिएको अध्यक्ष सुनारले बताउनुभयो ।
सोहि अबसरमा यौन दुव्र्यवहारबारे विद्यार्थीहरुलाई जानकारी गराईएको बालिका बचाउ अभियानका संयोजक सजना सुनारले बताउनुभयो । यौन दुव्र्यवहारका घटना हुनेसक्ने सम्भावित अवस्थामा जोगिने उपाएबारे सहभागि विद्यार्थीहरुलाई जानकारी गराईएको संयोजक सुनारले जानकारी दिनुभयो । अन्तरक्रियाको सहजिकरण आइडिया नेपालका अध्यक्ष रचना सुनार र बालिका बचाउ अभियानका संयोजक सजना सुनारले गरेको बताइएको छ ।

प्रतिक्रिया