कार दुर्घटनामा ग्लोबल आईएमई बैंकका शाखा प्रबन्धक पाण्डेको मृत्यु

कार दुर्घटनामा ग्लोबल आईएमई बैंकका शाखा प्रबन्धक पाण्डेको मृत्यु

कपिलवस्तु । पूर्व–पश्चिम राजमार्गको बोर्डगाउँ नजिक बा। ६ च ६३९० नम्बरको कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

ज्यान जानेमा कपिलवस्तु नगरपालिका वडा नं। ९ हरनामपुर निवासी २९ वर्षीय सुरज पाण्डे रहेको प्रहरीले जनाएको छ । पाण्डेले आफै चलाएको कार अनियन्त्रित भई सडक किनारको बिजुलीको पोलमा ठोक्किएको थियो ।

तीव्र गतिमा रहेका कारण कार दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनालाई उपचारका लागि बुटवल लगिएको छ भने अन्य ३ जना घाईतेको वाणगंगामा रहेको सामुदायिक अस्पतालमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

मृतक पाण्डे ग्लोबल आई।एम।ई। बैंक वनगाई शाखाका प्रवन्धक हुन् । सोमबार बहिनीको विवाह रहेको हुँदा पाण्डे बिहानैदेखि विवाहको व्यवस्थापनमा जुटेका थिए ।

प्रतिक्रिया