कोहलपुर घटनाको दोषीमाथी कारबाहीको माग

कोहलपुर घटनाको दोषीमाथी कारबाहीको माग

दैलेख मंसिर २४ । नागरिक समाज दैलेखले कोहलपुर घटनाको सत्यतथ्य छानविन गरि दोषीमाथी कारवाही गर्न माग गरेको छ । सोमवार एक विज्ञप्ती जारी गर्दै घटनाका दोषीलाई कारवाही गर्न माग गरेको हो । घटनाको तत्काल सत्यतथ्य छानविन गरी दोषी माथि कडा कारवाही गर्न नागरिक समाज दैलेख, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले जोडदार माग गरेको हो ।
नागरिक समाज दैलेखका अध्यक्ष खड्गबहादुर सिजापती, ईन्सेक जिल्ला प्रतिनिधि अमर सुनार र सोेसेक दैलेखका अध्यक्षका अध्यक्ष दुर्गाकुमारी श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ‘ भीड नियन्त्रण गर्ने नाममा बालबालिका माथि बल प्रयोग गर्नु ‘विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँंचा र कार्यान्वयन निर्देशिका २०६८’ सरकारको नीति विपरित छ, जुनसुकै परिस्थितिमा कुनै पनि पक्षबाट बालबालिकालाई ध्वंसात्मक काममा प्रयोग गर्नु, पीडित बनाउनु, निशाना बनाउनु बालअधिकारको ठाडो उलंघन हो, कोहलपुर घटनामा प्रहरीले बालबालिका माथि नै हातपात, कुटपिट र लछारपछार गरेकोमा खेद प्रकट गर्दछौं ।’
विज्ञप्तीमा जस्तो सुकै द्वन्द्व वा प्रतिकुल अवस्थामा पनि बालबालिकाहरूको शान्तिपुर्ण वातावरणमा रम्न, शिक्षा हासिल गर्न तथा आफ्नो विकास गर्न पाउने अधिकारको सुनिश्चितताको लागि नेपाल सरकारले नै नीतिगत रुपमा ‘विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँंचा र कार्यान्वयन निर्देशिका २०६८’ लागू गरेको अवस्थामा यो घटनाले राज्य पक्षबाटै बालबालिका माथि अमानवीय व्यवहार भएको उल्लेख छ ।

नागरिक समाज दैलेखको विशेष अपिल

प्रतिक्रिया