उच्च मुल्य कृषि वस्तु विकास आयोजनाको क्लस्टर स्तरिय अभिमुखिकरण सम्पन्न
दैलेख कार्तिक २३ गते सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल बाट संचालित उच्च मुल्य कृषी बस्तु विकास आयोजना अन्तरगत इलाका स्तरीय आयोजना अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो जसमा तेस इलाका मा रहेका खड्कबाडा, बराह र सेरी गा. बि .स .का सबै राजनीतिक दलहरु , सरकारी निकायहरु र तेहा कार्यरत गै .स .स .हरु का साथै उक्त आयोजना संग साझेदारी गरिरहेका सहकारीका पदाधिकारीहरु सहित सामाजिक सेवा केन्द्र का कर्मचारीहरुको उपस्थिति थियो
पशु सेवा केन्द्र पातिकान्ला का प्रमुख पदमलाल न्यौपाने को अध्यक्षता मा सम्पन्न उक्त कार्यक्रम सोसेक दैलेख का सामाजिक परिचालक लोकेन्द्र बि.के. ले संचालन र सामाजिक परिचालक शिबकला ओलीले स्वागत मन्तबे दिनु भयको थियो / सो कार्यक्रममा सोसेक/एच.भी.ए. पी. कार्यक्रम का जिल्ला कार्यक्रम सयोजक पुष्कर प्रसाद शर्माले दैलेख जिल्ला मा कृषि को अवस्था, यस आयोजनाले संचालन गरेका क्रियाकलापहरु , यस क्षेत्र मा ८ ओटा सहकारी सस्था मार्फत आयको करिब डेड करोड रकम र सम्पन्न क्रियाकलाप , आयोजनाका कोसहरु का साथै समग्र आयोजनाको बिसयमा प्रस्तुतीकरण गर्नुभयको थियो र यस इलाका मा रहेका सबै राजनीतिक दल हरुलाई जनता का लागि आयको रकमको दुरुपयोग हुन नदियर यस क्षेत्र को विकास को लागि लागि पर्न समेत अनुरोद गर्नु भयो उक्त प्रस्तुतीकरण पछि सहभागीहरु संग व्यापक छलफल भयको थियो
उक्त कार्यक्रम को समापन गर्दै पशु सेवा केन्द्र प्रमुख पदमलाल न्यौपाने ले यस क्षेत्रलाई खसीबोका को पकेट क्षेत्र को रूपमा विकास गर्नपर्ने र दैलेख जिल्ला बाट बर्सेनि हजारौ खशिबोका काठमाडौँ तथा पोखरा जस्ता सहरमा बिक्रि गर्नेगरी बेबसाहिक रूपमा खसीबोका पालन मा जोड दिन सबैलाई आग्रह गर्नु भयो
प्रतिक्रिया