लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न

चामुण्डा (दैलेख) मंसिर २४ ।
चामुण्डाविन्द्रासैनी नगरपालिकाले संचालन गरेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न भएको छ । चामुण्डाविन्दसैनी नगरपालिकाको आयोजनामा ‘समानताको पुस्ता ः बलात्कार विरुद्ध एक्यवद्धता’भन्ने मुल नारा सुरु भएको अभियान मंगलबार जम्बुकाँधमा लैङ्गिक हिंसा निवारण तथा न्यायिक समितिको भूमिका विषयक नगर स्तरीय अभियमुखिकरण कार्यक्रम गर्दै सम्पन्न भएको हो ।
कार्यक्रममा चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष निरकबहादुर शाहीले कार्यक्रमले महिला सुरक्षाका सवालमा सचेतना वृद्धि गर्ने बताउनु भयो ।
नगरपालिकाका नायब सुब्बा लोकेशकुमार शाहीले नगरपालिकाभित्र हिंसामा परेका महिला उत्थानका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘यस कार्यक्रमले विशेष गरी महिलाका अधिकार, कर्तव्य र दायित्वबोध गर्नेछ ।’
चामुण्डाविन्द्रासैनी नगरपालिकाका कार्यपालिकाका सदस्य धनकुमारी शाहीको अध्यक्षता भएको कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष जंगबहादुर विष्ट, वडा नं. ५ का वडा अध्यक्ष नारायणप्रसाद रेग्मी, अस्थायी प्रहरी चौकी जम्बुकाँध हवल्दार चन्द्रबहादुर रेउले लगायतले आ–आफ्नो भनाई राखेका थिए । कार्यक्रमको सहजिकरण कानूनी सल्लाहकार ध्रुवकुमार शाहीले गरेको थिए ।

प्रतिक्रिया