स्कुले छात्रालाई सेनेटरी प्याड

स्कुले छात्रालाई सेनेटरी प्याड

दैलेख : नेपाल राष्ट्रिय मावीका छात्रालाई सेनेटरी प्याड वितरण गरिँदै ।

ज्वाला सन्देश
दैलेख मंसिर २७
सरकारले सामुदायिक विद्यालयका छात्रालाई निशुल्क रुपमा प्याड वितरण गर्ने घोषण गरिसकेको छ । कोरियन रेडक्रसले पनि निशुल्क रुपमा छात्रालाई सेनेटरी प्याड वितरण गरेको छ । नौमूले गाउँपालिका–३ द्वारी स्थित नेपाल राष्ट्रिय मावीका एक सय दुई जना छात्रालाई प्याड वितरण गरिएको हो । महिनावारी भएको बेला विद्यालयमा छात्राहरु कम उपस्थित हुन थालेपछि सेनेटरी प्याड वितरण गरिएको हो । नेपाल स्थित कोरियन रेडक्रसका प्रतिनीधि सन्निकिम उक्त विद्यालयमै पुगेर कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रालाई प्याड वितरण गरेकी हुन् ।
सुरक्षित महिनावारीका लागि एक जना छात्रालाई एक बर्षभरी पुग्ने प्याड उपलब्ध गराईएको छ । प्याडसँगै भित्रिबस्त्र, काइयो, टाबेल, सावुन छात्राहरुलाई प्रदान गरिएको छ । छात्राहरुलाई सेनेटरी प्याडको प्रयोग र व्यवस्थापनबारे अभिमुखिकरण समेत गरिएको कार्यक्रम अधिकृत हिरासिंह विश्वकर्माले बताए । दक्षिण कोरिया सरकारद्धारा परियोजना संचालित क्षेत्रको बालिकाहरुको स्वास्थ्य तथा स्वच्छता प्रवद्र्धन गर्ने उदेश्यले प्याड वितरण गरिएको विश्वकर्माको भनाई छ । साथै द्वारी स्वास्थ्य चौकीमा जन्मिएका नवजात शिशुहरुलाई न्यानो कपडाहरु टोपी, मोजा उपलब्ध गराईएको विश्वकर्माले जानकारी दिए ।

प्रतिक्रिया