करेन्ट लागेर बालकको मृत्यु

करेन्ट लागेर बालकको मृत्यु

ज्वाला सन्देश
दैलेख मंसिर २९ ।
जंगलमा घाँस काट्ने क्रममा करेन्ट लागेर दैलेखमा बालकको मृत्यु भएको छ । नारायण नगरपालिका–४ सोतका ११ बर्षिया बालक गणेश विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी हरिबहादुर ओलीले बताए । स्थानीय रानीवन सामुदायिक वनमा घाँस काट्न गएका बालक सालको रुख नजिकैबाट गएको बिजुलीको तारले छोएपछी करेन्ट लागेको हो । बालकको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । नेपाल विद्युत प्राधिकरणको लापरबार्हीका कारण बालकको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् ।

प्रतिक्रिया