महिला अधिकारको बाधक ‘बालविवाह र बहुविवाह’
दैलेख पुस १ः जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेले दैलेखमा बालविवाह र बहुविवाह महिला अधिकारको प्रमुख बाधक भएको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जिल्लामा संकलन गरेका मानवअधिकार उलंघन तथा ज्यादतीका घटना समीक्षा कार्यक्रममा न्यायाधीश लामिछानले समस्या न्यूनीकरणका लागि नागरिक समाज संस्थाहरुको अग्रसरता जरुरी रहेको औल्याए । औपचारिक मुद्दा प्रक्रियामा नआएका सामाजिक विभेद, असमानता र कुचलनले मानव अधिकार प्रत्याभूतीमा पारेका समस्या विषयहरु मानव अधिकार वर्ष पुस्तकमा समेट्नुपर्ने उनको सुझाव थियो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले मानव अधिकार प्रवद्र्धनमा सहयोग पु¥याएको सरकारका सकारात्मक कामहरु पनि उल्लेख गरेमा समाजमा उत्प्रेरणाको काम गर्न सक्ने बताए । कार्यक्रममा नेपाल बार एशोसियशनका जिल्ला अध्यक्ष यामराज थापाले कानूनी मुद्दाको प्रक्रियामा रहेका घटनाहरु प्रकाशन नगर्ने इन्सेकले नयाँ धारणा ल्याएकोमा धन्यवाद दिए ।
इन्सेकले दैलखले संकलन गरेका ६५ घटनाहरुमा देखिएका केही त्रुटीहरु सच्याउँदै जिल्लामा छाउपडी समस्या, महिलाको पाठेघर खस्ने समस्या, घरेलु हिंसा, जातीय विभेद लगायतका जल्दाबल्दा सवालहरुलाई बहसको विषयमा बनाउनुपन सहभागिको सुझाव छ ।
इन्सेकले दैलेखमा सन् २०१९ को जनवरीदेखि एक वर्ष अवधिमा संकलन गरेका ६५ वटा घटना मध्ये सबै भन्दा धेरै १८ वटा बहुविवाह, १४ वटा बलात्कार घटना, ७ वटा घरेलु हिंसा, ५ वटा जातीय विभेद, ४ वटा यौन दुव्र्यवहार, ३ वटा बालविवाह, ३ वटा आत्महत्या दुरुत्साहन, ३ वटा परिवारजनबाट हत्या घटना, ४ वटा धम्की र एउटा बोक्सी आरोप मुद्दा संलकन गरिएको जानकारी गराइएको थियो ।
इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारका अनुसार अघिल्लो वर्ष दैलेखमा ८६ वटा मानव अधिकार हनन्का घटना अभिलेखीकरण गरिएको थियो । अघिल्लो वर्ष घरेलु हिंसाका घटना २७ वटा रहेको र यो वर्ष गम्भीर प्रकृतिका मात्र ५ वटा मात्र समावेश गरिएको कारण यो वर्ष झण्डै २ दर्जन संख्या कम परेको सुनारले जानकारी दिए ।
प्रतिक्रिया