व्यवसायिक कृषकलाई लगानीको समस्या छैन्

व्यवसायिक कृषकलाई लगानीको समस्या छैन्

ज्वाला सन्देश, दैलेख-नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले व्यवसायिक कृषकहरुका लागि लगानीको समस्या नरहेको बताएका छन् । सुर्खेत डेरी प्रा.लि. र शतप्रतिशत प्रगतिशील कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा दैलेखमा भएको दुध उत्पादन बृद्धि सम्वन्धी किसान छलफल कार्यक्रममा नगरप्रमुख खड्काले घरदैलो सेवा पु¥याउन नगरपालिका र सरकारका निकायहरुले उद्यमी कृषकहरुलाई अनुदान दिइरहेका र प्रभावकारी कार्ययोजना कार्यक्रमको आधारमा वितीय संस्थाबाट ऋण दिलाउन पनि आफूले पहल गर्ने बताए ।
कार्यक्रममा सुर्खेत डेरी प्रालिका सञ्चालक माधव धितालले डेरी र शतप्रतिशत सहकारीबीचको सम्झौता अनुसार दैलेखका कृषकहरुले उत्पादन गरेका दुध बजार प्रवद्र्धनमा जिम्मा लिएको बताउदै किसानहरुलाई आवश्यकता अनुसार तालिम र प्राविधिक ज्ञान दिइने बताए ।
सुर्खेत डेरी प्रालिका अर्का सञ्चालक सुमन घोडासैनीले कृषिमा भित्रिएका नयाँ प्रविधि र सीपले उत्पादन बृद्धिमा सहयोग पुग्ने बताउँदै गुजाराका लागि नभएर आत्मनिर्भर र उन्नति तर्फ अग्रसर हुनुपर्ने सुझाव दिए ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका कार्यालय प्रमुख कपिलप्रसाद उपाध्यायले जिल्लाका हावापानी र बजारको सम्भावना राम्रो भएकोले पशुजन्य उत्पादनहरु भैंसी र गाईको दुध, मासुका लागि बाख्रा पालन, र कुखुरा पालनले राम्रो फाइदा लिन सक्ने भएकोले यसमा अग्रसरत हुन आग्रह गरे ।
शतप्रतिशत प्रगतिशील कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष बखत नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा किसानहरुले कृषि कर्जाको सहजता, बास्तविक किसानलाई अनुदान र नमूना किसानलाई प्रोत्साहन गर्नुपर्न आग्रह गरेका थिए । एक सय भन्दा बढी अगुवा किसानहरुको सहभागिता रहेको थियो ।
सुर्खेत डेरी प्रा.लि. र शतप्रतिशत प्रगतिशील कृषि सहकारी संस्था लिमिटेडले दैलेखका किसानहरुले उत्पादन गरेको दुध बजार प्रवद्र्धन गर्ने सम्झौता भएको छ । दलित समुदायले पालेको गाई–भैंसीको दुध बजारमा होटल व्यवसायीहरुले लिन नचाहेको समस्या उठेपछि सुर्खेत डेरी दैलेखबाट जो कोही किसानले उत्पादन गरेको दुध लिने अग्रसतार लिएको हो ।

प्रतिक्रिया