गुराँस गाउँपालिकाका दुई ठाउँमा स्वास्थय शिविर
ज्वाला शन्देश, दैलेख । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको आयोजनामा गुराँस गाउँपालिकाका दुईवटा स्थानमा अपाङ्गता भएका व्यक्तिहरुको परिक्षण तथा सामाग्री पहिचान र परिचय पत्र बितरण शिविर सकिएको छ । गाउँपालिकाभर रहेका अपाङ्गगता भएका नागरिकहरुको पहिचान गरि उनिहरुलाई परिचय पत्र बितरण गर्ने मुख्य उदेश्यका साथ शिविर आयोजना गरिएको थियो ।
बुद्यबार गुँरास गाउँपालिकाको वडा नम्बर ०३ मा पर्ने सरस्वती माध्यामिक बिद्यालयमा आयोजना गरिएको शिविरमा गुराँस गाउँपालिकाका १ देखी ५ वडा सम्ममा नागरिकहरुले सहभागिता जनाएका थिए भने बिहिबार गाउँपालिकाको वडा नम्बर ०८ मा पर्ने धरमपोखरामा आयोजना गरिएको शिविरमा वडा नम्बर ६ भन्दा माथीका वडाका नागरिकहरुले सहभागिता जनाएका थिए । शिविरमा अपाङ्गता भएका नागरिकहरुको पहिचान गरि उनिहरुलाई अपाङ्गता परिचय पत्र बितरण गरिएको थियो । साथै अपाङ्गता भएका नागरिकहरुका लागी आवश्यक सामाग्री बितरण सगैँ अन्य स्वास्थ्य समस्या सम्बन्धि चेकजाचँ गरिएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले जनाएको छ ।
सेभ द चिल्ड्रेनको सहयोग तथा गुराँस गाउँपालिकाको समन्वयमा शिविर सञ्चालन भएको हो । शिविरमा प्राविधिक रुपमा समन्वय सहयोग कोहलपुर मेडिकल कलेजले गरेको थियो । गुराँस गाउँपालिकाका बिभिन्न वडाहरुमा शारिरिक रुपमा अशक्त व्यक्तिहरुले परिचय पत्र नपाएको तथ्य थाहा भएपछि उनिहरुको सहजताका लागी शिविरको आयोजना गरिएको सोसेकद्धारा सञ्चालित सहयात्रा दोस्रो कार्यक्रमका निर्देशक नवराज बिसीले बताए । ‘शारिरिक रुपमा अशक्त व्यक्तिहरुलाई परिचय पत्र बाड्नु हाम्रो मुख्य उदेश्य थियो र यो पनी हाम्रो उदेश्य होकी उनिहरुको अवस्था पहिचान गर्नु र आवश्यक सामाग्रीको सहयोग गर्नु’ कार्यक्रम निर्देशक बिसीले भने ‘गाउँपालिकाका भरी रहेका अशक्त व्यक्तिहरुले आ–आफ्नो बर्ग अनुसारका परिचय पत्र प्राप्त गर्नुभयो ।’
नागरिकहरुलाई घुम्ती मार्फत सेवा दिनु उल्लेखनिय भन्दै गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले आगामी दिनमा पनी यस्ता क्रियाकलापहरुलाई निरन्तरता दिन आवश्यक रहेकोमा जोड दिए । ‘नागरिकहरुका समस्या स्थानिय सरकारका मात्र नभएर सबै सरोकारवालाहरुका मुद्धा हुन्, आगामी दिनमा पनी हामी सबैको हातेमालो आवश्यक रहेको छ ।’ दुवै स्थानमा आयोजना गरिएका शिविरमा कुल २ सय ३९ जनालाई अपाङ्गता परिचय पत्र बितरण गरिएको थियो भने ७ सय बढिले स्वास्थय सेवा लिएका छन् ।
प्रतिक्रिया