विद्यार्थीलाई छात्रबृति

विद्यार्थीलाई छात्रबृति

दैलेख : नारायण नगरपालिका वडा नम्बर ११ की कल्पना रावत ३ कक्षामा पढ्छिन् । उनी मंगलवार सदरमुकाममा भेटिदा निकै खुसी थिईन् । कारण सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख द्धारा संचालित १०९८ बल हेल्पलाइनको आर्थिक सहयोगमा छात्रवृति दिएको थियो ।
एउटा झोला, झोला भित्र दुई दर्जन कापी, दुई दर्जन डटपेन र एक जोर स्कुल ड्रेस साथमा स्वीटर लगाएतका सामाग्री छात्रवृतिमा समावेश गरिएको थियो । कक्षा ३ मा अध्ययनरत छात्रा रावतले सकिनसकी झोला वोकिन् । २९९५ रकम वरावरको छात्रवृति पाउने अर्का विद्यार्थी थिए । सोहि वडाकै कक्षा ५ मा अध्ययनरत छात्र विरेन्द्र वि।क। । उनले पनि आफुले छात्रवृति पाएकोमा खुसी व्यक्त गरे ।
दैलेख जिल्लाका ११ वटै स्थानीय तहका झण्डै ७० जना विद्यार्थीलाई छात्रवृति प्रदान गर्न लागिएको छ । पहिलो चरमा नारायण नगरपालिकाका विद्यार्थीलाई छात्रवृति वितरण गरिएको छ । विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति वितरण गरिएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका उपकार्यकारी निर्देशक वसन्त श्रेष्ठले वताए ।
छात्रवृति वितरण कार्यक्रममा दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी ईन्द्रवहादुर क्षेत्रीले छात्रवृति वितरणले विद्यार्थीहरुमा हौसला प्राप्त हुने वताए । उनले छात्रवृतिको सहितरिकाले सदुपयोग गर्न विद्यार्थीहरुलाई अनुरोध गरे ।

प्रतिक्रिया