गुराँस गाउँपालिकाका जोखिममा रहेका बालबालिकालाई शैक्षिक सामाग्रीसगैँ आर्थिक सहयोग

गुराँस गाउँपालिकाका जोखिममा रहेका बालबालिकालाई शैक्षिक सामाग्रीसगैँ आर्थिक सहयोग

ज्वाला शन्देश । गुराँस गाउँपालिकाका सबै वडाका जोखिममा रहेका बालबालिकाहरुलाई छात्रबृति तथा अध्ययन्का लागी आवश्यक सामाग्री सहयोग गरिएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालद्धारा सञ्चालित सहयात्रा (दोस्रो) परियोजना मार्फत उनिहरुको अध्ययन्का लागी सहज बातावरण बनाउने उदेश्यले छात्रबृति तथा आवश्यक सामाग्री बितरण गरिएको हो ।

गुराँस गाउँपालिकाका १ देखी ९ वटै वडाका गरेर ४० जना बालबालिकाहरुलाई प्रतिव्यक्ति २५ हजारका दरले छात्रबृति उपलब्ध गराईएको छ ।

यसअघि गुराँस गाउँपालिकासगँको समन्वयमा ४० जना बिद्यार्थीहरुलाई २५ हजारका दरले आर्थिक सहयोग उपलब्ध गराईएको थियो भने हिजो र आज गरेर गाउँपालिकाभरका २७० जना बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा ड्रेस उपलब्ध गराईएको छ । ‘हिजो र आज गरिकन गाउँपालिकाभरीका ३४७ जना बिधार्थीहरुलाई सामाग्री सहयोग गरिएको छ, जसमा स्विटर सहित स्कुल ड्रेस, १-१ दर्जन कापि, कलम, सिसाकलम र ज्यामिती बक्स पनी रहेको छ ।

‘ बालबालिकाको शिक्षामा सहजता ल्याउनु आफुहरुको मुख्य उदेश्य रहेका निर्देशक बिसीको भनाई छ ।

सेभ द चिल्ड्रेनको सहयोगमा सोसेक नेपालले गुराँस गाउँपालिकाका सबै वडाहरुमा शिक्षा तथा अन्य क्षेत्रहरुमा बिगत लामो समयदेखी बिभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया