६९ वर्षीय वृद्धा पक्राउ
रुकुम पुष १२ : १४ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा रुकुम पश्चिमका ६९ वर्षीय वृद्ध पक्राउ परेका छन् । बाँफिकोट गाउँपालिका–९ झुलाका ६९ वर्षीय जसे दमाइलाई बालिका बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको हो । छिमकीकै १४ वर्षीया छोरीलाई दमाइले आफ्नै घरमा आएको बेला जवरजस्ती करणीको गरेको पीडितको उजुरीमा उल्लेख भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।
दमाइले शरीरका संवेदनशील अंगमा हात लगाउने साथै यौन दुव्र्यवहार गरेको पीडितको उजुरी छ । दमाइको गोठ नजिकै पीडित घाँस काट्न आएको बेला ललाइ फकाइ बोलाएर गोठभित्र लिएर दुई पटक जवरजस्ती करणी गरेको बालिकाले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।
जवरजस्ती करणीपछि कसैलाई नभन्नु भन्दै बालिकालाई उनले एक हजार रुपैयाँसमेत दिएको कुरा पीडित पक्षको दावी छ । पीडितको उजुरीको आधारमा उनलाई शनिबार दिउँसो पक्राउ गरिएको हो । पक्राउ गरेका दमाइलाई जवरजस्ती करणी मुद्दा दर्ता गरेर प्रहरी हिरासतमा राखिएको डिएसपी खड्काले बताए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको बताइएको छ । अन्नपूर्ण
प्रतिक्रिया