विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

दैलेख पुष १५ । जिल्लाका ११ वटै स्थानीय तहका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । सार्क विकास कोष अन्तरगर्त राष्ट्रिय बाल अधिकार परिषद्, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल मार्फत सञ्चालित बाल हेल्पलाइन १०९८ दैलेखले जोखिममा परेका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो । जिल्ला भरका कक्षा १ देखि १२ सम्म अध्ययनरत ९४ जना बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको हो ।

घरेलु हिंसामा परेका, आमाबुबा नभएका, आफन्तमा आश्रीत बालबालिकालाई छात्रबृति स्वरुप शैक्षिक सामग्री प्रदान गरिएको बाल हेल्पलाइन संयोजक रमा श्रेष्ठले जानकारी दिइन् । प्रति विद्यार्थी एक दर्जन कापी, कलम, विद्यालय पोषाक, स्विटर लगाएत २ हजार ९ सय ९५ रुपैयाँ बराबरको सामग्री दिइएको श्रेष्ठले जानकारी दिइन् ।
शैक्षिक सामग्री वितरण कार्यक्रममा जिल्ला समन्वय समिति दैलेखका उप–प्रमुख लक्ष्मीदेवी शाह, सोसेकका कार्यवहाक अध्यक्ष टिकादेवी जैसी, उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठ लगाएतको उपस्थिती थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख लक्ष्मीदेवी शाहले जोखिममा परेका बालबालिकाको शैक्षिक गुणस्तर माथि उठाउन छात्रबृतिले सहयोग पु¥याउने बताइन् ।

प्रतिक्रिया