भ्रमण बर्ष २०२० : भैरबी गाउँपालिकामा शुभारम्भ

भ्रमण बर्ष २०२० : भैरबी गाउँपालिकामा शुभारम्भ

दैलेख पुष १६ । नेपाल भ्रमण बर्ष २०२० आजबाट औपचारिक रुपमा शुभारम्भ भएको छ । दैलेखको भैरबी गाउँपालिकामा पनि बुधवार आयोजित एक समारोहका बीच नेपाल भ्रमण बर्षको शुभारम्भ गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष पदमकुमारी विष्टको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिकाका कर्मचारी, स्थानीय नागरिकहरुको सहभागिता रहेको थियो ।

नेपाल भ्रमण शुभारम्भका अबसरमा उपाध्यक्ष विष्टले भ्रमण बर्षलाई सफल पार्न सबैको सहयोग आवश्यक पर्ने बताइन् । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हीरासिंह थापाले गाउँपालिका भित्र रहेका धार्मी, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा जोड दिए । गाउँपालिकाले नेपाल भ्रमण बर्ष २०२० मा पर्यटक भित्राउन विभिन्न गतिविधि सञ्चालन गर्ने जनाएको छ ।

प्रतिक्रिया