बालन शिक्षा मोन्टेश्वरीलाई भिम–माया स्मृति पुरस्कार

बालन शिक्षा मोन्टेश्वरीलाई  भिम–माया स्मृति पुरस्कार

सुर्खेत पुष २० ।

वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेत स्थित बालन शिक्षण मोन्टेश्वरी तथा चाइल्ड केयर सेन्टर भिम–माया स्मृति पुरस्कारबाट सम्मानित भएको छ । आइतवार यहाँ आयोजित एक कार्यक्रममा मोन्टेश्वरी पुरस्कारबाट सम्मानित गरिएको हो । मोन्टेश्वरी नगद रु ५० हजार रुपैयाको पुरस्कार राशी सहित सम्मानित भएको हो ।
आर्थिक रुपमा विपन्न तथा सिमान्तकृत परिवारका संकटासन्न बालबालिकालाई शिक्षा तथा संरक्षण प्रदान गरि महत्वपूर्ण योगदान पु¥याएको भन्दै बालन शिक्षण मोन्टेश्वरीलाई सम्मान गरिएको पुरस्कारका संस्थापक एवं सामाजिक विकास मन्त्रालयका सचिव डा.मानबहादुर विकले बताए ।

यसैबिच बालन शिक्षण मोन्टेश्वरीमा अध्ययनरत बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग तथा बालन शिक्षण मोन्टेश्वरी तथा चाइल्ड केयर सेन्टरको आयोजनामा न्यानो कपडा वितरण गरिएको प्रिन्सीपल रचना सुनारले जानकारी दिइन् ।
मोन्टेश्वरीका ७० जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको उनले बताइन् । उक्त मोन्टेश्वरीमा हाल ८ जना बालबालिका पूर्ण छात्रबृतिमा अध्यनन गरिरहेका छन् भने ६२ जना आंशिक छात्रबृतिमा अध्यनन गरिरहेका छन् ।

प्रतिक्रिया