कर्णाली नदिको पानी खानुपर्ने बाध्यता ट¥यो
हिक्मतबहादुर नेपाली
दैलेख पुष २१ ।
‘उमेर छउन्जेल कर्णाली नदिबाट पानी बोकेर बित्यो, कर्णालीको पानी खाँदा कयौ पटक बिरामी परे, विगतमा भोगेको पीडा सुनाउँदै उनले भनिन् ‘बर्षातको बेलामा त कर्णाली सारै धमिलिन्थ्यो, छिमेकीका सबै महिला कर्णालीको तिरमा जान्थ्यौँ, त्यहि धमिलो पानी गाग्रीमा बोकेर घर फर्कन्थ्यौ, कर्णालीको पानी खाँदा खाँदा मेरो त उमेर नै ढल्किसक्यो ।’ अछाम आली गाउँकी ५८ बर्षीया मनमती भुलले यसरी नै आफ्नो आधा जीवन धकेलेको सुनाइन् । खानेपानीका लागि उनले बिहान उज्यालो नहुँदै गाग्री बोकेर कर्णाली किनारमा कुद्नुपथ्र्यो । ‘१२ बर्षपछि खोलो पनि फर्किन्छ भन्थे, अहिले घरै अगाडि पानीको धारा आएको छ,’ खुसी हुँदै मनमतीले भनिन् ‘कर्णालीको पानी खानुपर्ने बाध्यता हट्ला भन्ने मैले सोचेकी थिइन् तर, हाम्रा दिन फेरिए, अब गाग्री बोकेर कर्णाली नदि कुद्नुपर्ने बाध्यता टरेको छ ।’
मनमती जस्तै ६३ बर्षीया सितारा भुलको दैनिकी गाग्री डोकोमा लिएर कर्णाली नदि देखि बस्तीसम्म गर्ने थियो । तर, आँगनमै धारा आएपछि उनको दिनचर्या फेरिएको छ । पानीको जोहो गर्दै आएको समय अहिले उनले आयआर्जनका कार्य थालनी गर्न थालेकी छिन् । कर्णाली नदिको तिरमा रहेको पंचदेवल विनायक नगरपालिका–५ आली गाउँमा पछिल्लो समय खानेपानीको समस्या टरेको छ । बर्षौपछि गाउँमा खानेपानी आएपछि घर छेउमै धारा जडान भएका छन् । दलित समुदायको बाहुल्यता रहेको यस बस्तीका ५४ घरधुरीका लागि ८ वटा धारा जडान गरिएको छ । खानेपानीको सूविधा आएपछि सबै भन्दा बढि महिना लाभान्वित भएका छन् । पानी शुद्धिकरणका लागि तीनवटा फिल्टर प्लान्ट जडान गरिएको छ । पंचदेवल विनायक नगरपालिका र डिसिएको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा सञ्चालित साकार परियोजनाको सहयोगमा गाउँलेले शुद्ध खानेपानी पाएका हुन् ।
आली गाउँमा खानेपानीसँगै लिफ्टिङ्ग प्रविधि मार्फत सिचाई पु¥याईएको छ । कुल २८ लाख ७३ हजार ६ सय ९६ रुपैयाँको लागतमा सिचाई र खानेपानी सुविधा पुगेको हो । सिचाई सूविधा पुगेपछि स्थानीयले तरकारी खेती सुरु गरेका छन् । घरको खर्च जोहो गर्न कालापहाड जाने स्थानीय महासिंह भुल गाउँ फर्केर तरकारी खेती सुरु गरेका छन् । ‘म संगै गाउँका धेरैले व्यवसायिक तरकारी खेती सुरु गरेका छन्,’ उनले भने ‘उत्पादित तरकारी बिक्रीका लागि बजारको समस्या छ ।’ उत्पादित तरकारी दैलेखको राकमकर्णाली बजारमा बिक्री गर्ने गरेको उनले बताए । खानेपानी सुविधासँगै गाउँमा सिचाई पुगेपछि तरकारी खेती फस्टाउँदै गएको स्थानीय लालसरी भुलले बताइन् ।
३२ वटा पलाष्टिक घर निर्माण गरेर स्थानीयले मौषमी तथा बेमौषमी तरकारी खेती सुरु गरेको परियोजना संयोजक माधव भट्टराईले बताए । आली गाउँमा उत्पादित तरकारीको बजारीकरणका लागि नगरपालिकाले पहल गर्ने नगर उप–प्रमुख अम्बिका चलाउनेले बताइन् ।
प्रतिक्रिया