नगरपालिकाले ग¥यो आगो ताप्ने व्यवस्था

नगरपालिकाले ग¥यो आगो ताप्ने व्यवस्था

दैलेख पुष २२ । पश्चिमी वायु सक्रिय हुँदा दैलेखमा अत्याधिक चिसो बढेको छ । चिसोले गर्दा यहाँको जनजीवन कष्टकर बन्दै गएपछि यहाँको नारायण नगरपालिकाले सार्वजनिक स्थानमा दाउरा बालेर आगो ताप्ने व्यवस्था गरेको छ । चिसोबाट बच्न विभिन्न चोकमा दाउरा बालेर आगो ताप्ने व्यवस्था मिलाइएको हो । दैलेख सदरमुकामको लोकतान्त्रीक चोक, देवकोटा चोक, डेकेन्द्र चोक, गणेश चोक र काडाचौर लगाएतका स्थानमा स्थानीय नागरिकका लागि स्थानीय तहले आगो ताप्ने व्यवस्था मिलाएको हो ।

चिसोका कारण जनजीवन प्रभाविभत भएपछि नगरपालिकाले दाउरा वितरण गरेर आगो ताप्ने व्यवस्था गरिएको नगरका मेयर रत्नबहादुर खड्काले बताए । केहि दिनसम्म सर्वसाधरणलाई आगो ताप्ने व्यवस्था मिलाईने मेयर खड्काले बताए । बालबालिका र ज्येष्ठ नागरिक चिसोबाट बढी प्रभावित छन् ।

प्रतिक्रिया