कर्णाली सहयोगापेक्षी सडक मानवरहित प्रदेश घोषणा

कर्णाली सहयोगापेक्षी सडक मानवरहित प्रदेश घोषणा

सुर्खेत माघ ४ गते ।
कर्णाली प्रदेश शनिवारदेखि सहयोगापेक्षी सडक मानवरहित प्रदेश घोषणा भएको छ । शनिवार विरेन्द्रनगर सुर्खेतमा आयोजित एक समारोहमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सहयोगापेक्षी सडक मानवरहित घोषणा गरेका हुन् । घोषणा कार्यक्रममा उनले पूजा गर्न मन्दिर गई पाप पखाल्नुभन्दा घरमा रहेका आमाबुवाको पूजा गर्न आवश्यक रहेको बताए । ‘हामी दुनियाँ भरको पाप गर्छौं । बुवाआमाभन्दा उनीहरूले कमाएको सम्पत्तिको माया गर्छौं ।

विभिन्न अदालतमा आमाबुवामाथि नै अंश मुद्दा दायर गरिएको छ,’ उनले भने, ‘विदेशमा ट्रस्ट खोलिन्छ । छोराछोरीले आमाबुवाको शून्य लगानीमा नै काम शुरू गर्नुपर्छ तर हाम्रोमा भने त्योभन्दा पनि कसैलाई कसरी लुट्न, ठग्न सकिन्छ भन्नेमा मात्रै ध्यान जाने गरेको छ । यसले हामी कसैलाई कही पु¥याउँदैन ।’
मुख्यमन्त्री शाहीले हरेक व्यक्तिले जन्म किन भएको हो भन्ने कुरा बुझ्न जरुरी रहेको बताए । ‘सबैभन्दा पहिले हामीले हाम्रो जन्म केका लागि भएको हो बुझ्न जरुरी छ । लुट्न, ठग्न, चोर्न, ढाँट्न, भ्रष्टाचार गर्न अथवा अरुबाट लिनका लागि भएको हो र ?’ उनले भने, ‘हाम्रो जन्म लिनका लागि नभई दिनका लागि हो । सबैले निःस्वार्थ रुपमा दिने कामको शुरूआत गरौं । चोरको, ठगको बीचमा बसेर कर्णालीमा समृद्धि आउँदैन । सही सभ्यता भएको खण्डमा हामी कर्णालीलाई १० वर्षमा कायापलट गर्न सक्छौं ।’

मुख्यमन्त्री शाहीले थपे, ‘त्यसका लागि सकारात्मक सोचको विकास गरौं । सबैलाई सहयोग गरौं । सबैलाई माया गरौं ।’ मुख्यमन्त्री शाहीले कर्णालीका बेसहारा, अशक्त, असहाय, अभिभावकविहीन बालबालिकाले अब सडकमा बस्नुपर्ने दिन अन्त्य भएको बताए । ‘विगतमा निजी क्षेत्रले आफ्नो क्षमता अनुसार सहयोग गर्दै आइरहेका थिए । अब सरकार पनि सहयोग गर्न आएको छ । यस्ता व्यक्तिका लागि सरकार अघि बढेको छ,’ उनले भने । कार्यक्रमको आयोजना वीरेन्द्रनगर नगरपालिका, मानव सेवा आश्रम सुर्खेत, जिल्ला प्रशासन कार्यालय सुर्खेत र सामाजिक विकास मन्त्रालयले गरेको थियो । घोषणा पूर्व मंगलगढी चोकबाट ¥याली निकाली जिल्ला समन्वय समितिमा गई सभामा रुपान्तरण गरिएको थियो ।

प्रतिक्रिया