विवाह निमन्त्रणा कार्ड छाप्न जन्मदर्ता अनिवार्य

विवाह निमन्त्रणा कार्ड छाप्न जन्मदर्ता अनिवार्य

सल्यान : सल्यानका छापाखानाहरुले २० वर्ष उमेर नपुगेकाहरुका विवाह निमन्त्रणा कार्ड नछाप्ने भएका छन् । जिल्लामा बाल विवाह न्युनिकरणको अभियान चलाएको प्रहरीसँग छापाखाना संचालकहरुले २० वर्ष उमेर नपुगेकाहरुकाहरुको विवाह कार्ड नछाप्ने प्रतिवद्धता जनाएका हुन । प्रहरीले अभियानमा साथ दिन सम्वन्धित सवैपक्षसँग आग्रह गर्दै आएको थियो । जिल्लामा संचालन भएका सात वटा छापाखानाले शुक्रबार जिल्ला प्रहरी कार्यालय सल्यानमा पत्रकार सम्मेलन गरी प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन ।

प्रहरीले जिल्लामा वालविवाह न्युनिकरणमा छापाखानाहरुको पनि साथ र सहयाग आवश्यक रहेको भने पछि यस अभियानमा सहयोग गर्ने मनसायले अघि बढेको खलंगा रहेको गीटा अफसेट प्रेसका संचालन प्रकाश थापाले बताए । समुदाय प्रहरी साझेदारी अन्तर्गत जिल्ला प्रहरी कार्यालयले एक वर्षको अवधिमा विवाह मण्डपमै पुगेर आधा दर्जन वालविवाह रोकेको छ । प्रहरीले पण्डितहरुलाई समेत वालविवाह गर्नेको साइत नहेर्न र विवाह नगराउन सचेत गराउदै तालिम समेत दिएको छ ।

जिल्ला भित्र बाल विवाह न्युन गर्न सक्रिय रुपमा अभियान चालेको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी ढकेन्द्र खतिवडाले बताए । उनले छापाखाना, पण्डित, अभिभावक, वालवालिका सवैलाई सचेत गराएको र त्यसको नतिजा सकारात्मक हुने आशावादी रहेको उनले बताए ।

कार्ड छाप्न जन्मदर्ता अनिवार्य
छापाखाना संचालकहरुले वालविवाह न्युनिकरणमा सहयोग गर्न जन्मदर्ता हेरेर मात्रै विवाहको निमन्त्रणा कार्ड छाप्ने भएका छन् । ‘कार्ड छाप्दा वर र वधुको जन्मदर्ता पनि सुरक्षित राख्ने छौ’ एसके छापाखानाका संचालक शिखर केसीले भने ‘जन्मदर्ता हेर्दा वरवधु मध्ये दुवैको उमेर २० वर्ष पुग्छ भने मात्रै काडै छाप्छौँ ।’ प्रतिवद्धता जनाउनेमा सल्यान जिल्लामा संचालित सवै सात वटै छापाखाना छन् । जिल्लामा खलंगा, सितलपाटी, सल्लीबजार र वागचौरमा संचालन भएका छापाखानाहरुले प्रतिवद्धता जनाएकाक हुन । नयाँपत्रिका

प्रतिक्रिया