बिमा दाबी भुक्तानी

बिमा दाबी भुक्तानी


दैलेख जिल्ला चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं ३ हाडाकोट स्थित मृतक हस्तबहादुर कामी का धर्मपत्नि विमाकुमारी बि.क लाई रिलायबल नेपाल लाइफ इन्सोरेन्स कम्पनी लि. का प्रदेश प्रमूख श्री बिमलराज रेग्मीले रु. ४,००,०००। को चेक हस्तान्तरण गर्नुभएको छ ।

मृतक हस्तबहादुर ले पहिलो किस्ता बिमांक रकम रु. ३८,०००। मात्र जम्मा गर्नु भएको थियो । बिमा जम्मा गरेको ४ दिनमै निजको लडेर असामहिक निधन भएको थियो । घर दैलोमा आयर मृत्यू दाबी रकम बुझाएको मा सजिलो भएको स्थानीय राजबहादुर शाहीले बताउनु भएको छ । उक्त कार्यक्रममा वडा नंं ३ का का.बा. वडा अध्यक्ष बासुदेव कंडेल, नेपाली काँग्रेसकमा यूवा नेता गणेशकुमार शाही लगायतका महानुभावहरुले यसरी घरदैलोमा आएर दाबी भुक्तानी गर्दा बिमाप्रतिको आर्कषण बढ्ने धारणा राख्नु भएको थियो ।

उक्त कार्यक्रम पश्चात ५ जनाले जनही ५ लाखको जीवन बिमा गरेका र १० जना नँया अभिकर्ता थपीएको रिलायबल नेपाल लाइफ इन्सोरेन्स कम्पनी लि. दैलेखका शाखा प्रमूख भुपेन्द्र बहादुर शाहीले जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया