जाजरकोटमा जबर्जस्ती करणी गर्न खोज्‍ने पक्राउ

जाजरकोटमा जबर्जस्ती करणी गर्न खोज्‍ने पक्राउ

जाजरकोट माघ १२ । जाजरकोटमा एक महिलालाई बलात्कार प्रयास गर्ने एक जना पक्राउ परेका छन्। भेरी नगरपालिका २ डिंगाका ४६ वर्षीय दलबहादुर पुनलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। स्थानीय अधबैसे एक महिलालाई जबर्जस्ती गर्ने प्रयास गरेपछि उनले प्रहरीमा जाहेरी दिएकी थिइन्।

प्रहरीले पीडित महिलाको जाहेरीका आधारमा पक्राउ गरी छानवीन थालेको हो। ५ दिन थुनामा राखि अनुसन्धान गर्न जिल्ला अदालतले आइतबार आदेश दिएको छ। जबर्जस्ती करणी उद्योगमा उनलाई मुद्धा चलाउने प्रहरीले तयारी गरेको छ।

प्रतिक्रिया