शिक्षक पदपुर्तीको विषयलाई लिएर विद्यालयमा तालाबन्दी

शिक्षक पदपुर्तीको विषयलाई लिएर विद्यालयमा तालाबन्दी

दैलेख माघ १४ । नारायण नगरपालिका–४ महेन्द्र मावि सोतमा विव्यस सदस्य, अभिभावक लगाएतले तालाबन्दी गरेका छन् । विद्यालयका प्रधानाध्यापक धनबहादुर रोकाय र विव्यस अध्यक्ष पार्वती खड्काको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । निमावी तहका राहत शिक्षक दरबन्दी पदपुर्तीको विषयलाई लिएर प्रधानाध्यापक र विव्यस अध्यक्षको राजीनामा माग गर्दै विद्यालयमा मंगलवार तालाबन्दी गरेका हुन् । उनिहरुले निमावी तहको अंग्रेजी विषयको रातह कोटाको शिक्षक पदपुर्ती गर्दा प्रधानाध्यापक र विव्यस अध्यक्षले एकलौटी परिक्षा सञ्चालन गरि शिक्षक नियुक्ति गरेको आरोप लगाइएका छन् ।
शिक्षक पदपुर्तीका लागि शिक्षा विकास तथा समन्वय इकाईले कात्तिक २४ गते अनुमती दिएको थियो । प्रअले कात्तिक २५ गतेको मिति राखेर मंसिर ९ गतेसम्म म्याद राखि मंसिर ४ गते मात्रै विज्ञापन गरी किर्ते गरेको विद्यालयका पूर्व विव्यस अध्यक्ष बखतबहादुर कटुवालले आरोप लगाए । तीन जना परिक्षार्थीले दरखास्त दिएपछि लिखित परिक्षाका लागि तीन पटकसम्म स्थगित गरिएको उनले बताए ।
एकलौटी रुपमा माघ ७ गते परिक्षा तोकीएको भएपनि प्रअ धनबहादुर रोकाय र विव्यस अध्यक्ष पार्वती खड्काले पश्न पत्र आउट गरेको थाहा पाएपछि केहि समयमै प्रअले पश्न पत्र च्याती परिक्षा पुन स्थगित गरेको परिक्षार्थी रेशमबहादुर कठायतले बताए । ‘पश्नपत्र हातमा पर्ने बित्तिकै प्रअले प्रश्न पत्र खोसेर च्यात्नुभयो, परिक्षा स्थगित गर्नुभयो,’ उनले भने ‘पुन माघ १३ गते परिक्षा तोकियो ।’
१३ गते सञ्चालन गरिएको परिक्षामा प्रअ, अध्यक्ष, विषय विशेषज्ञ, भगवतीमाई गाउँपालिकाका विनिको मिलेमत्तोमा पश्नपत्र आउट गरि आफु निकट व्यक्तिलाई शिक्षक नियुक्त गरेको आरोप परिक्षार्थीद्धय रेशमबहादुर कठायत र देवेन्द्रबहादुर कठायतको छ । पुन निस्पक्ष रुपमा परिक्षा सञ्चालन हुनुपर्ने माग उनिहरुको छ । विव्यस सदस्य,अभिभावक लगाएतले प्रधानाध्यापक र विव्यस अध्यक्षले राजीनामा दिनुपर्ने, पदिय दायित्व दुरुपयोग गर्नेहरुलाई कारवाही गर्नुपर्ने माग गरेका छन् । यता प्रअ धन बहादुर रोकायले भने सबै आरोपहरु गलत भएको र सबै प्रक्रिया पु¥याएर नै परीक्षा लिइएको बताएका छन् । तालाबन्दीले मंगलवार विद्यालयको पढाई प्रभावित भएको थियो । विद्यालयको ताला प्रहरीले खुलाएको छ ।

प्रतिक्रिया