प्राथमिकतामा शिक्षा र सडक

प्राथमिकतामा शिक्षा र सडक

दैलेख माघ १७ : जिल्लाको निर्वाचन क्षेत्र नं १ (क) बाट निर्वाचित कर्णाली प्रदेश सभा सदस्य धर्मराज रेग्मीले आफ्नो पुर्वाधार विकास कार्यक्रमको रकमलाई शिक्षा र सडकमा प्राथमिकता दिएका छन् । तिन वटा गाउँपालिका रहेको क्षेत्र नं १ (क) मा आएको पुर्वाधार विकास कार्यक्रम अन्र्तगतको रकमले तीन वटै पालिकामा समान योजना छन् । गाउँपालिकाको भुगोल र पालिकाको जनसंख्यालाई मध्ये नजर गर्दै सबै पालिकालाई सन्तुलन गरि योजना छनोट गरिएको सांसद रेग्मीले बताएका छन् । ‘गाउँपालिकाको जनसंख्यालाई प्राथामिकता दिएर कुन क्षेत्रमा कस्तो खालको बजेट आवश्यक छ त्यसको छनोट गरी शिक्षा, सडक, कृषि तथा खेलकुद प्रथामिकता दिएको हुँ,’ उनले भने ।

सार्वजनिक योजनाहरुमा कृषि क्याम्पस भवन निर्माण गुराँस गाउँपालिका ८ मा ५० लाख, भिउचुला बगौरा पुलिया सडक स्तर उन्नती गुराँस गाउँपालिका– ६ मा ५० लाख, नेपाल राष्ट्रिय आधारभूत विद्यालय घोडाबास भवन निर्माण गुराँस गाउँपालिका– ४ मा २० लाख, आदर्श प्राथमिक विद्यालय भवन निमार्ण गुराँस गाउँपालिका– ६ मा २० लाख, सेरीखेत सिचाई योजना निर्माण गुराँस गाउँपालिका– २ मा २० लाख, गरी जम्मा एक करोड ८० लाख रकम बिनियोजित भएको छ ।

डुङ्गेश्वर गाउँपालिका अन्तर्गत पर्ने कोटदेवल क्याम्पस भवन निर्माण डुङ्गेश्वर गाउँपालिका–४ मा ५० लाख, रेक्चा वाले कल्सेढुङ्गा सडक निर्माण डुङ्गेश्वर गाउँपालिका–४ मा २५ लाख, बाँसकोटी खानीचौर डुडागैरा सडक निर्माण डुङ्गेश्वर गाउँपालिका–६ मा ३० लाख, भैरब आधारभुत विद्यालय, लाँकुरी फिल्ड निर्माण डुङ्गेश्वर गाउँपालिका–२ मा २५ लाख, जनकल्याण मा.वि सेर्माकोट, खेल मैदान निर्माणमा २० लाख गरि जम्मा १ करोड ५ लाख बजेट बिनियोजन भएको छ ।

भगवतिमाइ गाउँपालिकाको बासुधारा बगौरा हँदै वडा कार्यालय सडक स्तर उन्नती भगवतीमाई गाउँपालिका–१ मा २० लाख, बेस्तडा खेल मैदान निर्माण (मिनि स्टेडियम) भगवतिमाई गाउँपालिका–२ मा ५० लाख, लक्ष्मी प्रा.वि पैयागाउँ कट्टी भवन निमार्ण भगवतिमाई गाउँपालिका–६ मा २० लाख, तुर्सु पोखरा पातिहाल्ना सडक निर्माण आयोजनामा ३० लाख, भगवती मावि., तुर्सु फिल्ड निर्माण भगवतिमाई गाउँपालिका–४ को लागि २० लाख गरी जम्मा एक करोड ७० लाख रकम विनियोजित भएको रेग्मीले बताए । पुर्वाधार विकास कार्यक्रमको ५ करोड रकम भिभिन्न १७ वटा योजनामा विनीयोजित भएको सांसद रेग्मीले बताए ।

यस्ता छन याेजना तथा बजेट ।

प्रतिक्रिया