११ बर्षीय बालकले गरे झुण्डिएर आत्महत्या

११ बर्षीय बालकले गरे झुण्डिएर आत्महत्या

ज्वाला सन्देश
दैलेख :
दैलेखमा एक बालक झुण्डिएको अवस्थामा फेला परेका छन् । भगवतीमाई गाउँपालिका–२ नाउला रुम बस्ने ३१ बर्षीय सुनिल शाहीका ११ बर्षिय छोरा तुफान शाही घरकै भित्तामा ठोकिएको किलामा झुण्डिएको अवस्थामा फेला परेको दैलेख प्रहरीले जनाएको छ । मसिनो कपडाको डोरीले पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ । उनि चार बर्षीय भाई हिमाल शाहीसँग घर अगाडी खेरिरहेको थिए । भान्सामा खाना पकाईरहेको बुबा बाहिर निस्कदा भित्तामा राखिएको काठको डन्डी (घोट्किला) मा छोरा झुण्डिएको अवस्थामा देखेपछि वडाध्यक्षलाई खबर गरेका थिए ।
बालक तुफान शाहीको आमा अन्यत्रै विवाह गरि गएकोले बुबा र कान्छि आमासँग बस्दै आएको प्रहरी चौकी बेस्तडाका प्रहरी सहायक निरिक्षक मनोज कंडेलले जानकारी दिए । केहि दिन अघि कान्छि आमा समेत माइत गएको कंडेलले बताए । बालक आत्महत्याबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । बालकले के कारणले आत्महत्या गरे भन्नेबारे अझै खुल्न सकेको छैन् । घटनाबारे थप अनुसन्धानका लागि दैलेख प्रहरी प्रमुख डिएसपी हरिबहादुर ओली सहितको टोली त्यस तर्फ गईरहेको छ ।

प्रतिक्रिया