फिजियोथेरापी सेवा विस्तारपछि बिरामीलाई सहज

फिजियोथेरापी सेवा विस्तारपछि बिरामीलाई सहज

दैलेख : स्वास्थ्य सेवा कार्यालय दैलेखमा फिजियोथेरापी सेवा सुरु भएको छ । पछिल्लो समय जिल्लामा उपचारका लागि फिजियोथेरापी कहाँ पुग्ने बिरामीको संख्या बढेसँगै सेवा सुरु गरिएको हो । पहिलो पटक फिजियोथेरापी सेवा सुरु गरिएको अस्पतालले जनाएको छ । सेवा बिस्तार गरेसँगै बिरामीलाई सहज भएको छ । विशेषगरी नशा च्यापिएका ढाड कम्मर, हड्डी लगाएतको समस्या समाधानका लागि बिरामीहरु फिजियोथेरापी रोज्ने गरेका छन् ।

अस्पतालका प्रमुख डा. निरञ्जन पन्तका अनुसार फिजियोथेरापी सेवा सञ्चालन गर्न ह्याण्डी क्याप इन्टरनेशनलले १० लाख बराबरको सामग्री उपलब्ध गराएको छ । कर्णाली प्रदेश सरकारको बजेटबाट फिजियोथेरापीस्ट कर्मचारी राखिएको डा. पन्त बताए । ‘फिजियोथेरापी सेवा सुरु गरेपछि सेवा लिन आउनेको संख्या बढेको छ,’ डा पन्तले भने ‘यसबाट दैलेखसँगै छिमेकी जिल्लाका बिरामीहरु लाभान्वित हुनेछन् ।’ हड्डी खिइएको, नसा च्यापीएको, मांसपेशी दुख्ने, झमझमाउने, लुलो हुने, प्यारालाइसिस, जन्मदाँ नै असाधारण भएका बालबालिका, हात खुट्टा नचल्ने सम्बन्धित रोगहरु उपचार हुने फिजियोथेरापीस्ट धना खड्काले बताइन् । भर्खरै सञ्चालनमा ल्याइएको सेवाबाट ५० जना बढि लाभान्वित भईसकेको डा.खड्काको भनाई छ ।
फिजियोथेरापी बिरामीलाई व्यायाम (एक्सरसाइजथेरापी, फिजियोथेरापीस्टले आफ्नो हातले गर्ने उपचार (म्यानुलथेरापी) पानीमा गर्ने व्यायाम (हाइड्रोथेरापी) विद्युतीय उपकरण (इलेक्ट्रोथेरापी) मार्फत उपचार गर्ने चिकित्सा पद्धति हो । फिजियोथेरापीको जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापाले उद्घाटन गरे । सोहि अबसरमा नारायण नगरका प्रमुख रत्नबहादुर खड्का, अस्पताल विकास समितिका अध्यक्ष लोमन शर्मा लगाएतले सहभागि थिए ।

प्रतिक्रिया