घटे नेपाल आउने पर्यटक

घटे नेपाल आउने पर्यटक

Tourists capture the panaromic view of a Himalayan range from Punhill in Ghorepani of Myagdi district on Monday, January 25, 2016. Photo: RSS

काठमाडौं : सरकारले वार्षिक २० लाख पर्यटक भित्राउने लक्ष्यसहित घोषणा गरेको नेपाल भ्रमण वर्षको पहिलो महिना ९जनवरी०मै नेपाल आउने पर्यटक घटेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरी २०२० मा कूल ७९ हजार ६ सय ८६ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

यो संख्या जनवरी २०१९ को तुलनामा १५८७ ले कम हो । जनवरीमा चिनियाँ पर्यटकको आगमन केही घटेको छ । तर, भारतीय पर्यटकको संख्या भने बढेको छ । यसका वावजुत समग्र पर्यटक आगमन भने ओरालो लागेको हो ।

तथ्यांक अनुसार जनवरी २०२० मा भारतबाट १६ हजार ८ सय ८२ पर्यटक नेपाल आएका छन्। सन् २०१९ मा भारतबाट १४ हजार ६ सय ५० पर्यटक आएका थिए । चीनबाट सन् २०१९ मा १३ हजार ६ सय ८८ पर्यटक आएकोमा सन् २०२० मा भने १३ हजार ३ सय ३ जना पर्यटक आएका छन् ।

यस वर्ष अघिल्लो वर्षको तुलनामा ३८५ ले कम हो । अमेरिकाबाट आउने पर्यटकको संख्या ओरालो लागेको छ । अमेरिकाबाट सन् २०१९ जनवरीमा ७०२८ जना पर्यटक आएकोमा सन् २०२० जनवरीमा ६३८६ पर्यटक आएका छन् ।

डिसेम्बर २०१९ देखि शुरु भएको कोरोना भाइरसले चीनतर्फको पर्यटन बजार खस्किदा यसले भ्रमण वर्षलाई भने नराम्रोसँग प्रभाव पर्ने देखिएको छ । किनकी चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा जनवरी र फेब्रुअरीमा चिनियाँहरु ठूलो संख्यामा भ्रमणमा निस्कने समय हो ।

प्रतिक्रिया