धामी पुजारीलाई मर्यादित महिनावारी सम्बन्धि तालिम

धामी पुजारीलाई मर्यादित महिनावारी सम्बन्धि तालिम

दैलेख : दैलेखको महाबु गाउँपालिका वडा नम्बर २ बडाखोलामा मर्यादित महिनावारी तथा सेनेटरी प्याड निर्माण सम्बन्धि तालिम सुरु भएको छ । राजनीतिक दलका प्रतिनीधि र धामी पुजारी तथा स्थानीय अगुवाहरु सहभागि रहेको दुई दिने तालिम बुधवार देखि सुरु भएको छ । ‘मर्यादित महिनावारी ः हामी सबैको जिम्मेवारी’ भन्ने नारा सहित तालिम प्रदान गरिएको हो ।

राधा पौडेल फाउन्डेसन, जिल्ला प्रशासन कार्यालय दैलेख, जिल्ला प्रहरी कार्यालय दैलेख र महाबु गाउँपालिका वडा नम्बर २ बडाखोलाको समन्वय तथा सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको आयोजित तालिममा मर्यादित महिनावारी, महिनावारी स्वच्छता सम्बन्धि जानकारी दिइएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका सहायक कार्यक्रम निर्देशक दुर्गा गिरीले जानकारी दिइन् ।

तालिममा सहभागि धामी पुजारीहरुले छाउपडी प्रथा क्रमिक रुपमा अन्त्य हुँदै जाने बताएका छन् । पुजारी प्रेमबहादुर खत्रीले छाउपडी प्रर्था मनबाटै अन्त्य गरि महिनावारीलाई मर्यादित बनाउने प्रतिबद्धता जनाए । धामी भिमबहादुर थापामगरले महिनावारी सम्बन्धी गलत धारणालाई परिवर्तन गर्दै जाने बताए ।

प्रतिक्रिया