चट्याङ लागेर एक महिला घाइते

चट्याङ लागेर एक महिला घाइते

दैलेख : जिल्ला सदरमुकाम स्थित नारायण नगरपालिका–१ पुरानो बजार भगवती टोलमा चट्याङ पर्दा एक महिला घाइते भएकी छिन् । आज विहान साढे ११ बजे घर नजिकै बकाईनोको रुखमा परेको चट्याङको झिल्कोले लागेर ५० बर्षीया लुरी सार्की घाइते भएकी हुन् । हात धुन लागिरहेका बेला चट्याङ लागेर भुईमा ढलेपछि स्थानीय बासिन्दाको सहायताले दैलेख अस्पतालमा पु¥याईएको घाइतेका छोरा नारायण बिशुन्केले बताए ।
घाइते महिलाको मुटुको चालमा समस्या देखिएको र उनको उपचार भईरहेको अस्पतालका प्रमुख डा. निरञ्जन पन्तले बताए । बाहिरी घाउ नदेखिएपनि करेन्टले असर गरेको डा. पन्तले जनाए । जल तथा मौषम पूर्वानुमान महाशाखाले आज पश्चिमी न्यून चापिय वायुका प्रभावले देशभर आंशिक देखि पूर्ण बदली रहि केहि स्थानमा मेघ गर्जन, चट्याङ सहित बर्षातको सम्भावना रहेको जनाएको थियो । जिल्लाको नारायण नगरपालिकाको भगवती टोल, खुर्सानीबारी, महाबु गाउँपालिकाको लामीडाँडा र ठाटीकाँध गाउँपालिकाको लामामेला अधिक चट्याङ पर्ने क्षेत्र हुन् ।

प्रतिक्रिया