नेपालमा अन्तर्राष्ट्रिय मर्यादित महिनावारी कार्याशाखा गोष्ठी हुँदै

नेपालमा अन्तर्राष्ट्रिय मर्यादित महिनावारी कार्याशाखा गोष्ठी हुँदै

काठमाडौं : महिला सशक्तिकरण र मानवअधिकारका लागि आगामी जेष्ठमा अन्तर्राष्ट्रिय मर्यादित महिनावारी कार्याशाखा गोष्ठी आयोजना गरिने भएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, मानव अधिकार आयोगको संयुक्त आयोजना, दक्षिण गोलार्दयीय मर्यादित महिनावारी संजालको सहआयोजनामा २०७७ जेष्ठ १३, १४ र १५ गते गोष्ठीको आयोजना गर्न लागिएको हो ।
‘महिनावारीका कुरा, मर्यादा केन्द्रित भए मात्र हुन्छ भन्ने पुरा’ भन्ने नारा केन्द्रित यो कार्यशाखा गोष्ठी संसारकै पहिलो हो ।

महिनावारीका सम्बन्धमा भए/गरेको कामलाई परिवर्तन गर्नु गोष्ठीको यसको मुख्य उदेश्य रहेको छ । गोष्ठीमा महादेशका झन्डै २० देशकाम अनुसन्धानकर्मी, अभियानकर्मी, सरकारका प्रतिनिधी, नीति निर्माताहरु सहभागी हुनेछन् ।आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले लैंगिक समानता प्राप्तीका लागि महिनवारीलाई मानव अधिकारको आँखाले हेर्नुपर्ने बताए ।

लैंगिक हिंसा विरुद्धको विशेष अभियान अन्तर्गत आयोजना हुन लागेको कार्यशाला महिनावारीसँग जोडिएको छाउपडीलगायतका कुरिती र नकारात्मक अभ्यासहरु उन्मुलन गर्न महत्वपूर्ण हुने मन्त्री गुरुङको विश्वास रहेको छ ।देशमा बिभिन्न रुपमा रहेको छाउपडी प्रथा र छाउगोठ एउटा कुरीति हो भन्दै मन्त्री गुरुङले मानिसको मनमस्तिष्कबाट नै यो प्रथाको अन्त्य गर्न जगरण ल्याउनु आवश्यक रहेको पनि उनले बताए ।

महिलामाथि घर, शैक्षिक संस्था, कार्यस्थल लगायत सबै ठाउँमा हुने शारिरीक, सामाजिक, राजनीतिक, आर्थिक, मनोवैज्ञानिक हिंसाहरुको मूल कारण महिनावारी अभ्यास भएको मन्त्री गुरुङको भनाइ छ ।मन्त्रालयकी सचिव एवं प्रवक्ता ज्ञानेन्द्र पौडेलले मन्त्रालयले २०७६ लाई लैंगिक हिंसा विरुद्धको अभियानको रुपमा मनाएको बताए । उनले कर्णाली र सुदुरपश्चिममा छाउगोठ अन्त्य र महिनावारी स्वच्छताका लागि मन्त्रालयले विभिन्न क्रियाकलापहरु सञ्चालन गरेको बताए ।प्रमुख महिला विकास अधिकृत अन्जना ढुंगानाले तीन दिने गोष्ठीले नेपाललाई मर्यादित महिनावारीको देशको रुपमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।

अन्तर्राष्ट्रिय कार्याशाला गोष्ठीको सह–आयोजक एवं दक्षिण गोलार्दीय मर्यादित महिनावारी सञ्जालको संस्थापक राधा पौडेलले समाजमा छाउपडी अन्त्यका लागि सिद्धान्त, व्यवहार, मनोवैज्ञानिक लगायतका पक्षमा परिवर्तनको खाँचो रहेको बताइन् । उनले हरेक व्यक्तिले महिनावारी भएका बेला मर्यादापूर्वक जिउन पाउने अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिइन् ।

कार्यशाखामा महिनावारीका विभिन्न पक्षहरु जस्तो भान्सा जस्ता देखि संसद्सम्म महिनावारी निषेधको अन्त्य यौनिक र प्रजनन् स्वास्थ्य अधिकार, आवाज, छनोट र एजेन्सी, पहिलो महिनावारी देखि महिनावारी रोकिने सम्मका लाज र विभेद, युवाहरुको भूमिका, धर्म, व्यवसाय, खानेपानी, सररफाई नीति र जवाफदेहित, वहिस्करणमा परेका/पारिएकाहरुको अवस्था र अधिकार, अनुसन्धान, अनुदान र कार्यन्वयनको अवस्था, प्यानल, छलफल, प्रस्तुती आदि गरिनेछ ।

प्रतिक्रिया